काठमाडौं, कुमारी बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही असोज १६ गते आफ्नो १२औं वार्षिक साधारणसभा गर्न लागेको हो । भक्तपुरको जर्मन होम्स होटलमा हुने उक्त वार्षिक साधारणसभामार्फत बैंकले गत आर्थिक वर्षको खुद नाफा मध्येबाट लाभांश वितरण गर्ने, आगामी आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरु पारित गर्ने तयारी गरेको छ ।