काठमाडौं, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
संस्थाका अनुसार सोमध्ये ११ दशमलव ९६ प्रतिशत बोनस शेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १३ दशमलव शुन्य तीन प्रतिशत नगद लाभांश रहेको छ । संस्थाको गत बुधबार बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभाँश वितरण सम्वन्धी सञ्चालक समितीको बैठकले गरेको प्रस्ताव नियमनकारी निकाय नेपाल राष्ट्र बैंक संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।