काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन खुम्चिएको छ । अघिल्लो दिन ३५ दशमलव ९२ अंंकले ओरालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बिहिबार पनि एक दशमलव शुन्य चार अंकले ओरालो लागेर २५ सय ५७ दशमलव ३१ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ५४ अंकले ओरालो लागेर चार सय ५१ दशमलव १२ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४८ वटा कम्पनीहरुको ५२ हजार पाँच सय ७५ पटकको कारोबारमा एक करोड छ लाख २६ हजार तीन सय ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम तीन अर्ब ७८ करोड ६४ लाख ५५ हजार ७० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक खुम्चिएका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।