काठमाडौं, शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन नौं दशमलव २४ अंकले उकालो लागेको नेप्से परिसुचक आज बुधबार पुन १५ दशमलव ४४ अंकले उकालो लागेर २५ सय ३८ दशमलव ११ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य दुई अंकले उकालो लागेर चार सय ४९ दशमलव १८ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ५४ वटा कम्पनीहरुको ३९ हजार छ सय ७३ पटकको कारोबारमा ७२ लाख ६८ हजार दुई सय दुई कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ९४ करोड २७ लाख ८१ हजार आठ सय २६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।