काठमाडौं, म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ ।
फुड इम्पायरले उक्त सहयोग नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदान गरेको हो । चेम्बरका कार्यसमिति सदस्य एवं आक्र्स ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठले फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले आक्र्स ग्रुपसँग समन्वय गरी नेपाल चेम्बरमार्फत सहयोग गरेको जानकारी दिए । श्रेष्ठका अनुसार फुड इम्पायर होल्डिङ्सबाट प्राप्त सहयोगलाई प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा अन्य अत्यावश्यक सामाग्रीका रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
‘फुड इम्पायर होल्डिङ्सको चाहनाअनुसार बाढीबाट प्रभावित नागरिकलाई आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर पहिलो चरणमा माथिल्लो त्रिशुली क्षेत्रमा खाद्यन्न र लत्ताकपडा, सेनेटरी प्याडलगायतका राहत वितरण गरिएको छ’ उनले भने । प्राप्त सहयोगबाट पहिलो चरणमा करिब तीन लाखबराबर सामाग्री वितरण गरिएको छ । बाढी प्रभावित मागको आधारमा अझै २७ लाख रुपैयाँबराबरको अत्यावश्यक राहत सामाग्री प्रभावित क्षेत्रमा पठाइने श्रेष्ठले उल्लेख गरे ।