मानिसको जीवनमा दुःखका अनेक रूप हुन्छन्। कसैलाई दुई छाक खाना जुटाउन दुःख हुन्छ, कसैलाई पढ्न नपाउँदा दुःख हुन्छ। कसैले सहारा नपाएर पीडा भोगिरहेको हुन्छ भने कसैलाई रोजगारीको अभावले सताइरहेको हुन्छ। कोही रोगले थलिएको हुन्छ, कसैलाई अरूको अपमान, गाली वा व्यवहारले मन दुखाएको हुन्छ। कसैले मानसिक तनाव सहनुपरेको हुन्छ भने कसैलाई लोभ, लालच र अझै धेरै धन कमाउने अतृप्त इच्छाले नै दुःख दिएको हुन्छ। यो संसार वास्तवमै विचित्र छ। यहाँ दुःख नभएको मानिस सायद कोही छैन। बाहिरबाट सुखी देखिने मानिसभित्र पनि कुनै न कुनै पीडा लुकेको हुन सक्छ। वास्तवमा के हुँदा मानिस सुखी हुन्छ र के नहुँदा दुःखी हुन्छ भन्ने कुनै निश्चित मापदण्ड आजसम्म बनेको छैन।
कसैलाई आफ्नो रहर पूरा गर्न नसक्दा दुःख हुन्छ भने कसैलाई बाध्यताले दुःख दिन्छ। कसैलाई नभएका कुरा पाउने चाहनाले सताउँछ भने कसैलाई सबै कुरा भएर पनि मनमा सन्तुष्टि नहुँदा दुःख हुन्छ। यहीँबाट एउटा महत्वपूर्ण सत्य स्पष्ट हुन्छ—दुःख केवल अभावबाट मात्र जन्मँदैन, असन्तुष्टिबाट पनि जन्मन्छ। धेरै मानिसहरू परिस्थितिका कारण दुःखी हुन्छन् भने केही मानिसहरू आफ्नै अपेक्षा, तुलना र अन्तहीन चाहनाका कारण दुःख भोगिरहेका हुन्छन्। त्यसैले दुःखको वास्तविक कारण बाहिरी अवस्था मात्र होइन, हाम्रो सोच, दृष्टिकोण र मनको अवस्था पनि हो। कसैलाई मानसिक दुःखले सताएको हुन्छ भने कसैलाई शारीरिक पीडाले। कतिपय मानिसहरू आफ्नै घरपरिवारबाट अत्यधिक संरक्षणमा हुर्किएका हुन्छन्। बाल्यकालदेखि नै आवश्यकता भन्दा बढी माया, हेरचाह र सुविधा पाएका कारण उनीहरूले संघर्ष, परिश्रम र कठिनाइसँग जुध्न सिकेका हुँदैनन्। परिणामस्वरूप, भविष्यमा सामान्य समस्या आउँदा पनि उनीहरू अत्यधिक आत्तिन्छन् र त्यसैलाई ठूलो दुःख ठान्छन्।
जीवनलाई हेर्ने दृष्टिकोण बदल्न सकियो भने दुःखको भार पनि हलुका हुन्छ। हामी सबै एक दिन यो संसार छोडेर जानुपर्ने पाहुना हौँ। हामीसँग जाने भनेको सम्पत्ति होइन, पद होइन, प्रतिष्ठा पनि होइन—हाम्रा असल कर्म मात्र हुन्। आज हामीले जे गर्छौँ, त्यसको फल कुनै न कुनै रूपमा हामीले नै भोग्नुपर्छ भन्ने चेतनाले जीवनलाई सही दिशातर्फ डो¥याउँछ। यहाँ दुःख नभएको मानिस सायद कोही छैन। बाहिरबाट सुखी देखिने मानिसभित्र पनि कुनै न कुनै पीडा लुकेको हुन सक्छ। वास्तवमा के हुँदा मानिस सुखी हुन्छ र के नहुँदा दुःखी हुन्छ भन्ने कुनै निश्चित मापदण्ड आजसम्म बनेको छैन। कसैलाई आफ्नो रहर पूरा गर्न नसक्दा दुःख हुन्छ भने कसैलाई बाध्यताले दुःख दिन्छ। कसैलाई नभएका कुरा पाउने चाहनाले सताउँछ भने कसैलाई सबै कुरा भएर पनि मनमा सन्तुष्टि नहुँदा दुःख हुन्छ।
अर्कोतर्फ, जुन कुरा कसैका लागि सामान्य रमाइलो हुन सक्छ, त्यही कुरा अर्को व्यक्तिका लागि पीडाको कारण बन्न सक्छ। त्यसैले दुःखको अनुभूति व्यक्ति–व्यक्तिअनुसार फरक हुन्छ। धेरै अवस्थामा मानिस आफैँले खनेको खाल्डोमा आफैँ खसिरहेको हुन्छ। गलत निर्णय, आवेग, लोभ, अहंकार वा असावधानीका कारण सिर्जना भएका समस्याले पनि जीवनमा दुःख थपिदिन्छन्। त्यसैले सबै दुःख भाग्यले मात्र दिएको हुँदैन; केही दुःख हाम्रो आफ्नै व्यवहार र निर्णयको परिणाम पनि हुन्छ। त्यसैगरी, दुःखले धेरै पटक सुखको मूल्य सिकाउँछ भने अत्यधिक सुखले कहिलेकाहीँ मानिसलाई लापरवाह बनाइ अन्ततः दुःखतर्फ धकेल्न पनि सक्छ। मानिसको स्वभाव नै अगाडि बढ्ने, नयाँ कुरा सिक्ने र प्रगति गर्ने हो। त्यसैले सपना देख्नु र त्यसका लागि मेहनत गर्नु आवश्यक छ। तर आफ्नो यात्रालाई अरूसँग तुलना गर्ने बानीले भने सुखभन्दा बढी पीडा दिन्छ। हरेक मानिसको परिस्थिति, क्षमता र यात्रा फरक हुन्छ। त्यसैले आफूलाई अरूसँग दाँजेर होइन, आफ्नै हिजोसँग तुलना गर्दै अघि बढ्नु नै बुद्धिमानी हुन्छ। जीवनमा सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैन।
कहिलेकाहीँ भोग्नैपर्ने परिस्थिति, दुर्घटना वा भवितव्य पनि आइपर्छ। तर त्यस्तो अवस्थामा पनि आफ्नो कर्मप्रति इमानदार रहने, आफूले गरेको काममा सन्तुष्ट रहने र प्राप्त उपलब्धिमा खुसी हुन सक्ने मानिस मानसिक रूपमा धेरै बलियो हुन्छ। सुख भनेको सबै कुरा प्राप्त गर्नु मात्र होइन; आफूले पाएको कुराको मूल्य बुझ्नु पनि हो। हाम्रा अग्रजहरूले भनेका छन्, ‘सन्तोषी सधैं सुखी, असन्तुष्ट सधैं दुःखी।’ यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ। आफूलाई सुखी देख्न सिक्ने, साना–तिना पीडालाई जीवनको एउटा स्वाभाविक पाटोका रूपमा स्वीकार गर्ने र तिनलाई बिस्तारै बिर्सने प्रयास गर्ने मानिस नै वास्तविक अर्थमा शान्त जीवन बाँच्न सक्छ। दिनपछि रात आउँछ र रातपछि फेरि दिन आउँछ। जीवन पनि यस्तै चक्र हो। सुख र दुःख दुवै स्थायी हुँदैनन्।
मनलाई हल्का बनाउने धेरै उपायहरू छन्। परिवारसँग समय बिताउने, असल साथीहरूसँग मनका कुरा गर्ने, पुस्तक पढ्ने, संगीत सुन्ने, ध्यान र योग गर्ने, समाजसेवामा सहभागी हुने, प्रकृतिसँग घुलमिल हुने, नयाँ कुरा सिक्ने वा आफूलाई मन पर्ने सिर्जनात्मक काममा समय दिने जस्ता अभ्यासले मानसिक शान्ति दिन्छन्। त्यसैगरी, साना–साना कुरामा रमाउन सिक्नु, अरूप्रति वैमनस्य नराख्नु, रिसलाई नियन्त्रण गर्नु, सेवा गर्ने भावना विकास गर्नु, दान गर्न सिक्नु र अरूको खुसीमा आफ्नो खुसी खोज्नु पनि मनलाई हल्का बनाउने महत्वपूर्ण उपायहरू हुन्। हामीले जीवनलाई सरल बनाउन खोज्नुपर्छ। भएकोमा रमाउन सिक्नुपर्छ र नभएको कुरा प्राप्त गर्न मेहनत गर्नुपर्छ। तर त्यो प्रयास इष्र्या, द्वेष, रिस वा मारकाटको बाटोबाट होइन; इमानदार परिश्रम, धैर्य र नैतिकताको बाटोबाट हुनुपर्छ। किनकि मेहनतबाट प्राप्त सफलताको आनन्द दीर्घकालीन हुन्छ। जीवनलाई हेर्ने दृष्टिकोण बदल्न सकियो भने दुःखको भार पनि हलुका हुन्छ। हामी सबै एक दिन यो संसार छोडेर जानुपर्ने पाहुना हौँ।
हामीसँग जाने भनेको सम्पत्ति होइन, पद होइन, प्रतिष्ठा पनि होइन—हाम्रा असल कर्म मात्र हुन्। आज हामीले जे गर्छौँ, त्यसको फल कुनै न कुनै रूपमा हामीले नै भोग्नुपर्छ भन्ने चेतनाले जीवनलाई सही दिशातर्फ डोर्याउँछ। प्रकृति स्वयं सबैभन्दा ठूलो शिक्षक हो। हरियाली वन, बग्ने नदी, हिमाल, चराचुरुङ्गीको स्वर र खुला आकाशले मानिसको मनलाई शान्त बनाउँछ। कहिलेकाहीँ आउने दुःखलाई जीवनको चक्रको एउटा सामान्य घुम्तीका रूपमा स्वीकार गर्न सक्नुपर्छ। ‘यो समय पनि बित्छ’ भन्ने विश्वासले कठिन घडीलाई सहज बनाउँछ। सबैभन्दा महत्वपूर्ण कुरा, आफूलाई माया गर्न सिक्नुपर्छ। आवेगमा बगेर निर्णय गर्नु हुँदैन। जीवन प्रकृतिजस्तै सुन्दर छ। रमाउन जानियो भने खुसीको अथाह महासागर हाम्रो आफ्नै मनभित्र छ। रमाउन नसक्ने हो भने चन्द्रमामा पुगे पनि, मंगल ग्रहमा पुगे पनि वा संसारको जुनसुकै कुनामा गए पनि मनको अशान्ति साथमै जान्छ।
‘बर्मा गए पनि कर्म सँगै’ भनेझैँ, हामी जहाँ गए पनि आफ्नो मन, आफ्नो सोच र आफ्ना कर्मबाट अलग हुन सक्दैनौँ। त्यसैले बाहिर सुख खोज्नु अघि आफ्नो भित्रको उज्यालोलाई चिन्न आवश्यक छ। सकारात्मक सोच, असल कर्म, सन्तोष, प्रेम, सेवा, प्रकृतिप्रतिको सम्मान र आत्मस्वीकारको अभ्यास गर्न सकियो भने यही पृथ्वी नै स्वर्ग बन्न सक्छ। जीवनलाई जटिल होइन, सरल बनाऔँ। दुःखलाई शत्रु होइन, जीवनको शिक्षकका रूपमा स्वीकार गरौँ। अनि हरेक दिनलाई नयाँ अवसर ठानेर मुस्कुराउँदै अगाडि बढौँ। त्यही नै मानिसको दुःख, पीडा र मन भुलाउने सबैभन्दा सुन्दर बाटो हो। दुःखबाट भाग्ने होइन, समाधान खोज्दै अगाडि बढ्ने वास्तविक दुःख होस् वा हामीले आफ्नै सोच, डर, तुलना वा अपेक्षाबाट सिर्जना गरेको दुःख होस्, त्यसमा डुबिरहनुभन्दा त्यसको समाधान खोज्दै अगाडि बढ्नु नै बुद्धिमानी हो। दुःखलाई जीवनको अन्तिम सत्य ठान्नु हुँदैन; बरु त्यसलाई जीवनले दिएको एउटा पाठका रूपमा स्वीकार गर्न सक्नुपर्छ। दुःखबाट भाग्ने मानिसले शान्ति पाउन सक्दैन, तर दुःखलाई बुझेर त्यसको सामना गर्ने मानिसले जीवनलाई नयाँ ढंगले बाँच्न सिक्छ। मनलाई शान्त, सन्तुलित र खुसी राख्न कुनै जटिल उपाय आवश्यक पर्दैन। हाम्रो दैनिक जीवनका साना–साना सकारात्मक अभ्यासहरूले नै ठूलो परिवर्तन ल्याउन सक्छन्।
उदाहरणका लागि— १. आध्यात्मिक बन्ने र सकारात्मक सोचको विकास गर्ने ध्यान, प्रार्थना, योग वा आत्मचिन्तनले मनलाई स्थिर बनाउँछ। सकारात्मक सोचले कठिन परिस्थितिलाई पनि अवसरका रूपमा हेर्ने शक्ति दिन्छ। २. समाजसँग घुलमिल हुने आफूलाई एक्लो बनाउनु भन्दा समाज, छिमेक र समुदायसँग जोडिनु राम्रो हुन्छ। अरूसँगको आत्मीय सम्बन्धले मन हल्का बनाउँछ र आत्मविश्वास बढाउँछ। ३. परिवारमा मेलमिलाप कायम गर्ने परिवार नै मानिसको पहिलो सहारा हो। घरमा प्रेम, सम्मान र समझदारीको वातावरण भए धेरै मानसिक तनाव स्वतः कम हुँदै जान्छ। ४. भएको कुरामा सन्तुष्ट हुने सन्तोष भनेको प्रगति रोक्नु होइन, आफूले पाएको कुराको मूल्य बुझ्नु हो। यही भावनाले अनावश्यक तनाव र असन्तुष्टि कम गर्छ। ५. साथीभाइसँग समय बिताउने असल साथीहरूसँग खुलेर कुरा गर्दा मनको बोझ हल्का हुन्छ। हाँसो, रमाइलो र आत्मीय संवादले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। ६. स्वच्छ वातावरण र प्रकृतिसँग नजिक हुने हरियाली, खुला हावा र शान्त वातावरणले मनलाई ताजगी दिन्छ। नियमित हिँडडुल र प्रकृतिसँगको निकटताले तनाव घटाउन मद्दत गर्छ। ७. साना–साना कुरामा खुसी हुन सिक्ने जीवनका साना उपलब्धि, परिवारको साथ, राम्रो स्वास्थ्य वा एउटा मुस्कानमै पनि खुसी खोज्न सकियो भने जीवन अझ सुन्दर बन्छ।
८. सामान्य समस्यामा अत्यधिक तनाव नलिने हरेक समस्याले जीवन समाप्त हुँदैन। धैर्यका साथ समाधान खोज्ने बानीले मानसिक दबाब कम हुन्छ र सही निर्णय लिन सजिलो हुन्छ। ९. अरूसँग तुलना नगर्ने हरेक व्यक्तिको यात्रा, क्षमता र परिस्थिति फरक हुन्छ। अरूसँग होइन, आफ्नै हिजोसँग तुलना गर्दै अघि बढ्नु नै वास्तविक प्रगति हो। १०. शरीर स्वस्थ राख्ने प्रयास गर्ने नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा र स्वस्थ जीवनशैलीले शरीर मात्र होइन, मनलाई पनि स्वस्थ राख्छ। स्वस्थ शरीरमा नै स्वस्थ सोचको विकास हुन्छ।
यी सामान्य देखिने बानीहरू नै मानसिक शान्ति, आत्मविश्वास र जीवनप्रतिको सकारात्मक दृष्टिकोणका आधार हुन्। जीवनलाई पूर्ण रूपमा दुःखरहित बनाउन सम्भव नहुन सक्छ, तर दुःखलाई सही तरिकाले व्यवस्थापन गर्न भने अवश्य सकिन्छ। जब सोच सकारात्मक हुन्छ, सम्बन्धहरू सुमधुर हुन्छन्, शरीर स्वस्थ हुन्छ र मनमा सन्तोष हुन्छ, तब जीवन आफैँ सरल, सुन्दर र अर्थपूर्ण बन्दै जान्छ। अन्ततः सुख बाहिर कतै खोज्नुपर्ने वस्तु होइन; त्यो त हाम्रो सोच, व्यवहार, कर्म र जीवनलाई हेर्ने दृष्टिकोणभित्रै लुकेको हुन्छ। त्यसैले हरेक दिनलाई नयाँ अवसरका रूपमा स्वीकार गरौँ, असल कर्म गरौँ, सकारात्मक सोच राखौँ र मुस्कुराउँदै अगाडि बढौँ। यही नै मानिसको दुःख, पीडा र मनलाई हल्का बनाउँदै सुखी जीवनतर्फ डोर्याउने सबैभन्दा सरल र प्रभावकारी बाटो हो।