काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा एभर्टन र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन्। खेलमा युनाइटेडले दुईपटक अग्रता लिए पनि एभर्टनले दुवैपटक पुनरागमन गर्न सफल भयो। ब्रायन एम्बुमोले दोस्रो हाफको सुरुआतमै युनाइटेडलाई अग्रता दिलाएका थिए। त्यसपछि एभर्टनका टाइरिक जर्जले ८३औँ मिनेटमा बराबरी गोल गरे।
युनाइटेडले बेन्जामिन सेस्कोमार्फत ८७औँ मिनेटमा फेरि अग्रता लिए पनि एभर्टनले हार मानेन। इन्जुरी समयको ९६औँ मिनेटमा एन्स्ली मैटल्यान्ड–नाइल्सले शानदार गोल गर्दै एभर्टनलाई एक अंक दिलाए।
यस बराबरीसँगै एभर्टन यो सिजनको प्रिमियर लिगमा अपराजित यात्रा कायम राख्न सफल भएको छ, भने युनाइटेडले दुईपटक अग्रता लिएर पनि तीन अंक गुमाएको छ। मुख्य आकर्षणस् एभर्टनका लागि नयाँ खेलाडीका रूपमा मैदान प्रवेश गरेका मैटल्यान्ड–नाइल्सको इन्जुरी टाइमको गोल नै खेलको निर्णायक क्षण बन्यो। एभर्टनका ज्याक ग्रिलिस पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।