काठमाडौँ, सभामुख डोलप्रसाद (डिपी) अर्यालले राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । सभामुखको निजी सचिवालयका अनुसार उक्त भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सङ्घीय संसद्का गतिविधि तथा संसदीय अभ्यासका विविध विषयमा विचारविमर्श भएको छ ।