काठमाडौं, जगतगुरु तत्वदर्शी सन्त रामपाल जी महाराजको ७६औँ अवतरण दिवसको उपलक्ष्यमा तीन दिने महासमागम सम्पन्न भयो । उक्त तीन दिने सहासमागम सतलोक आश्रम धनुषामा यही भदौ २३ गते मंगलबार भोगको वाणीसहित सम्पन्न भएको हो ।
पहिलो दिन भाद्र २१ गते पाठ प्रकाश गरेर कार्यक्रम औपचारिक रूपमा सुरु भएको थियो। लाखौं भक्तजनहरूको सहभागिता रहेको उक्त दिनमा आध्यात्मिक प्रदर्शनी स्थलमा छुट्टै स्टलमार्फत शास्त्रीय प्रमाणसहित सन्त रामपाल जी महाराज नै वर्तमान कलियुगका एकमात्र अवतार र स्वयं भगवान हुन् भन्ने तथ्य स्पष्ट पारिएको थियो।
सबै आश्रमहरूमा लड्डु जेरी प्रसादको विशेष व्यवस्था गरिएको थियो। दोस्रो दिन भाद्र २२ गते दाइजोरहित आदर्श विवाह र रक्तदान कार्यक्रम सम्पन्न भयो । पाँच जोडीको रमैणी बिना ब्याण्डबाजा, बिना बाराती, बिना आडम्बर र बिना दाइजो लेनदेन सादगीपूर्ण तरिकाले सम्पन्न भयो ।
रक्तदान शिविरमा ६३ जनाले रक्तदान गरे। मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेलको उपस्थिति थियो । अनुयायीहरूले सम्पूर्ण धर्मका पवित्र ग्रन्थहरूबाट प्रमाण प्रस्तुत गर्दै सन्त रामपाल जी महाराज नै कलियुगका एकमात्र अवतार हुन् भन्ने दाबीलाई जोडदार रूपमा अगाडि सारेका छन् ।
यस्ता कार्यक्रममा परमात्मालाई चढाइएको प्रसाद ग्रहण गर्नाले असंख्य जन्मका पाप नष्ट हुन्छन् भन्ने आस्थाका साथ ठूलो संख्यामा भक्तजनहरू सहभागी भए । नेपालका साथै भारत र विश्वभरका सतलोक आश्रम तथा नामदान केन्द्रहरूमा पनि समान रूपमा यो महासमागम भव्यताका साथ सम्पन्न भएको छ । आयोजक पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता आध्यात्मिक कार्यक्रममा सहभागिता जनाउन आम जनमानसमा अनुरोध गरेको छ ।