काठमाडौं,राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गराउँदा भएको खर्च सरकारसँग मागेका छन् । राष्ट्रपति कार्यालयबाट बिल भर्पाइका लागि पेस भएबमोजिम उपचारमा भएको खर्चको करिब ५५ लाख रुपैयाँ भुक्तानी गरिदिन परराष्ट्र मन्त्रालयले सोमबार अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।
यसअघि राष्ट्रपति पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च आफैँले बेहोर्न चाहेको भन्दै उनको स्वकीय सचिवालयले वैशाख १९ गते प्रेस विज्ञप्ति निकालेको थियो । उपचार खर्चको विषयमा प्रश्न उठेपछि राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले प्रेस विज्ञप्ति जारी गरेर पौडेलले आफ्नो उपचारमा भएको खर्च आफैँले बेहोर्न चाहेको उल्लेख गरेका थिए ।
तर, अहिलेसम्म राष्ट्रपतिको तर्फबाट उपचार खर्च तिर्न कुनै पहल नभएपछि परराष्ट्र मन्त्रालयले सचिवस्तरीय निर्णयबाट अर्थ मन्त्रालयलाई रकम तिरिदिन पत्र काटेको हो ।राष्ट्रपति पौडेल पेटमा समस्या भई त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेको अवस्थामा सुधार नभएको भन्दै वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सको उडानमार्फत भारतको नयाँ दिल्ली गएका थिए । उनले नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गराएका थिए ।
उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते नेपाल वायुसेवा निगमको नियमित उडानबाट नेपाल फर्किएका थिए । परराष्ट्र मन्त्रालयले सो अवधिमा लागेको खर्चको बिल भर्पाइ भुक्तानीका लागि पेस भएको भन्दै सोको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको हो ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- न्युयोर्कमा २५६८औँ बुद्ध जयन्ती मनाइयो
- एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान
- बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन
- श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल
- स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
- नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
- आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली
- चार दिनदेखि युवक सम्पर्कविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया