Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषइन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न

इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न


काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश नं. १ देखि प्रदेश नं. ७ सम्मका ४३ वटा जिल्लका ९५ ओटै शाखा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई AML/CFT & Quality Growth Training तालिम सञ्चालन गरेको छ ।

सम्पूर्ण प्रदेशमा कार्यक्रम वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धी विषय तथा Quality Growth का विषयमा सहभागीहरुलाई प्रशिक्षित गरिएको थियो । लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने पन्तले बताए ।

कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उत्कृष्ट उपाय, प्रभावकारी कर्जा असुलिका विशेष रणनिती, उच्च मनोवलका साथ कर्मचारीले कार्यसम्पादन गर्ने रणनिती र प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय कार्यक्रम बृद्धिका उपायहरुको विषयमा वित्तीय संस्थाका कर्जा असुलि एवं अनुगमन तथा सुपरीवेक्षण विभागका विभागीय प्रमुख नयन देवकोटाले सहभागीहरुलाई प्रशिक्षित गरेका थिए ।

कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्य तथा कर्मचारीहरुलाई वित्तीय संस्थाले प्रदान गरिने सेवा सुविधा तथा मानव संसाधन विभाग संग सम्वन्धित विषयमा सहजिकरण गरेका थिए । कार्यक्रम विभिन्न मितिमा विभिन्न जिल्लाहरु जस्तै बाराको सिमरा, महोत्तरीको बर्दिवास, सुनसरीको ईटहरी, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, कैलालीको अत्तरीया र बाँकेको कोहलपुर गरि नेपाल अधिराज्य भर विभिन्न सात स्थानमा भब्यताको साथ कार्यक्रम सम्पन्न भएको विभागीय प्रमुख नयन देवकोटाले बताए ।


क्याटेगोरी : बिशेष, बैंक बित्त बजार

तपाईको प्रतिक्रिया