Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने

राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने


न्युयोर्क । ‘प्रतीक ढकाल–लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ कथाकार राजेन्द्र विमलको कथा संग्रह ‘सरबरिया टोल’ लाई प्रदान गरिने भएको छ । यो पुरस्कार राशि ५० हजार नगदसहित ताम्रपत्र रहेको छ । रामगीता वाङ्मय मन्दिर स्थापनाको पहिलो वर्ष २०८० सालमा सो पुरस्कार प्रदान गर्न लागिएको हो ।

यसअघि घोषणा गरिएका उत्कृष्ट ९ कृतिमध्ये निर्णायक समितिले कथाकार विमलको उक्त कृतिलाई ‘अनेकन द्वन्द्वले विखण्डित तुल्याउँदै लगेको नेपाली समाजलाई जोड्ने र अन्यायमा पारिएका जनतामा न्यायको उज्यालो पुर्याउने प्रशंसनीय प्रचेष्टा गरेकाले उत्कृष्ट ठहर गरी पुरस्कृत गर्ने निर्णय गरेको हो ।

उत्कृष्ट ९ मा परेका अन्य कृतिहरुमा विक्रमभक्त जोशीको चोभार ब्लुज, चन्द्र जोशीको जब एउटा मान्छ हराउँछ, मनोज थारुको टुवरा, इल्या भट्टराईको मिसर, हरिबोल काफ्लेको यशोधरा, युवराज नयाँघरेको याकजी, राजेन्द्र तारकिणीको बिगनरामको मादल र अशोक थापाको सन्तापको धून थिए ।

यसैगरी २०८० सालको अशेष मल्ल–सावित्री रंगकर्म पुरस्कार नेपाली रंगमञ्च र समग्र नाट्य क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्नुहुने वरिष्ठ रंगकर्मी तथा कलाकार हरिहर शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । यो पुरस्कार राशि पनि ५० हजार नगदसहित ताम्रपत्र रहेको छ ।

दुवै पुरस्कार एक विशिष्ट समारोहबीच छिट्टै प्रदान गरिने जनाइएको छ ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया