Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग

एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग


काठमाडौं  । एक्सेल डेभलपमेन्ट बैंकले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सहयोग गरेको छ । बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा बिर्तामोडभित्रका सडकहरूमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने सांकेतिक एवम् सन्देशमूलक बोर्ड साथै आठ थान ट्राफिक पोलहरू हस्तान्तरण गरिएको हो ।

उक्त ट्राफिक पोलहरू हस्तान्तरण एवम् जडानसम्बन्धी आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेलाई उक्त ट्राफिक पोलहरू हस्तान्तरण गरे । सो अवसरमा प्रहरी निरीक्षक न्यौपानले बैंकले प्रदान गरेको ट्राफिक पोलहरूले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताए ।

उक्त कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा बिर्तामोडलाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताए । साथै, एक्सेल डेभलपमेन्ट बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आइरहेको जानकारी गराए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया