‘प्रदेशसभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित
कर्णाली । कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानूकुल संशोधन गर्न आवश्यक भएकाले आइतबारको बैठकमा सो सम्बन्धि प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
राससका अनुसार सदस्य विष्टले तीन महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कल्याणी खड्का टेकराज पछाई देवेन्द्रबहादुर शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार, विनोदकुमार शाह, सन्तोषी शाही, हिक्मतबहादुर विष्ट सो समितिमा रहने गरी बैठकमा प्रस्ताव प्रस्तुत गरे ।
उक्त प्रस्तावमा प्रदेशसभा सदस्य पछाईले समर्थन गरेसँगै सभामुख गुरुङले उक्त प्रस्ताव सभाबाट सर्वसहमतिले अनुमोदन भएको घोषणा गरे । प्रदेशसभाको अर्को बैठक यही साउन १६ गते दिउँसो ३ बजे बस्ने छ ।
क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश, समाचार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया