चीनमा ब्याजदर कटौती
चीन । चीनको केन्द्रीय बैंकले ब्याजदर कटौती गरेको छ । पिपुल्स बैंक अफ चाइनाले कर्पोरेट कर्जाका लागि एकवर्षे ऋणको ब्याजदर तीन दशमलव ५५ प्रतिशतबाट शून्य दशमलव १० प्रतिशत विन्दु घटाएर तीन दशमलव ४५ प्रतिशतमा झारेकोे छ । पाँच वर्ष वा सोभन्दा बढी अवधिको कर्जाको ब्याजदर भने चार दशमलव २० प्रतिशतमा नै कायम राखेको छ ।
कोभिड–१९ पछि चीनले आर्थिक वृद्धिदरमा सुस्तताको सामना गरिरहेको छ । यही कारण चीनमा ब्याजदर घटाउन विज्ञहरुले सुझाव दिँदै आएका थिए । अर्थतन्त्रलाई पुनर्जीवित गर्न भन्दै चीनको केन्द्रीय बैंकले गत मंगलबार वित्तीय संस्थाहरूलाई प्रदान गर्ने मध्यमकालीन ऋण सुविधाको दर घटाएको थियो ।
चीनले आन्तरिक अर्थतन्त्र सुधार्न गरेको यो प्रयास मुद्रास्फीति नियन्त्रण गर्न विश्वभर ब्याजदर बढिरहेको अवस्थाको विपरीत छ । यो निर्णयबाट वाणिज्य बैंकहरूलाई बढी प्रोत्साहन गर्ने विश्वास केन्द्रीय बैंकको छ ।
चीनमा अहिले कोभिड–१९को कुनै असर छैन । तर, उपभोग घटेपछि चिनियाँ अर्थतन्त्रका विभिन्न सूचकहरू खुम्चिँदै गएको तथ्यांकहरूले देखाएको छ । उपभोग घटेपछि औद्योगिक क्रियाकलापमा पनि असर परेको छ । यही कारण अहिले चीनले बेरोजगारीको पनि समना गरिरहेको छ । गत मंगलबार सार्वजनिक भएको जुन महिनाको तथ्यांकले पनि चीनमा युवा बेरोजगारी दर बढेको देखाउँछ । जुन महिनाको तथ्यांकमा चीनमा २३ दशमलव ३० प्रतिशत बेरोजगारी दर छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
- जिल्लामै उत्पादित विद्युत् वितरण सुरु
- कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
- उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
- ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
- पाकिस्तान रेलवे स्टेसनमा विस्फोट हुँदा २५ जनाको मृत्यु
- युरोपले रक्षा खर्च बढायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया