रास्वपाले किसानका समस्याबारे ध्यानाकर्षण पत्र बुझायो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कृषि विभागले कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुषाललाई किसानका समस्याबारे ध्यानाकर्षण गराएको छ ।
बुधबार मन्त्री भुषाललाई रास्वपाको कृषि विभागका प्रमुख एवं प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले किसानको उत्पादित धान समर्थन मूल्यमा खरिद गर्न खाद्य संस्थानबाट एक पालिका एक खरिद केन्द्र स्थापना, बाढीबाट वाली प्रभावितलाई क्षतिपूर्तिको व्यवस्था, किसान सुरक्षा कोष लागू गर्ने नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
मन्त्री भुषाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “यहाँका बहुसङ्ख्यक नागरिकको मुख्य आयस्रोत कृषि हो । सो क्षेत्रलाई धान र फेरा खेतीको पकेट क्षेत्रका रूपमा लिइन्छ । आम जनताले न मल बेलामा पाउछन्, न त बिउ राम्रो पाउँछन्, न कृषि उपज सरकारले तोकेको समर्थन मूल्यमा किनिदिन्छ ।”
चौधरीले गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोगविरुद्धको नक्कली भ्याक्सिन फैलिएको विषयमा छानबिन, स्थानीयस्तरमा उत्पादित कृषि उपजको तथ्याक सङ्कलन तथा बजारीकरण कार्यमा सहजीकरण गर्नुपर्ने माग गरिएको बताए ।
उनका अनुसार कृषिमा सुलभ कर्जा, बीमा सहुलियत तथा सहज पहुँचका लागि बीमा कम्पनी, बैंक, वित्तीय संस्थासँग साझेदारीमा सुलभ कर्जा कार्यक्रम सञ्चालन, केरा खेतीमा देखिएको रोगको नियन्त्रणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया