आराका विराटनगरका प्रमुख क्षेत्री पुरस्कृत
विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डीबी क्षेत्री पुरस्कृत भएका छन् । १२ औँ कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले देशभर रहेका आन्तरिक राजस्व कार्यालय प्रमुखको कार्यसम्पादन एवम् मूल्याङ्कनलाई आधार मानेर छनौट गर्दा उनी उत्कृष्ट कर अधिकृत घोषित भएका हुन् ।
आन्तरिक राजस्व विभागले एक कार्यक्रमको आयोजना गरि क्षेत्रीलाई नगदसहित सम्मानपत्रद्वारा पुरकृत गरेको थियो । अर्थमन्त्री प्रकाशशरण महतले क्षेत्रीलाई पुरस्कृत गरेका थिए । पछिल्लो समय विश्वव्यापीरूपमा आएको मन्दीका कारण मुलुकभर सरकारले लिएको लक्ष्यअनुसारको राजस्व संकलन समेत नभएको अवस्थामा आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत क्षेत्रीले आफ्नो लक्ष्यको ९० प्रतिशत राजस्व असुली गर्न सफल भएपछि उनी उत्कृष्ट कर अधिकृतमा छनौट भएको बताईएको छ । डा क्षेत्रीले मोरङका दुई ठूला उद्योगको कर छलिका सम्बन्धमा सूक्ष्मरूपले अनुसन्धान गरी करिब चार अर्ब राजस्व समेत असुली गर्न सफल भएका थिए । सोही कार्यपछि नै प्रमुख कर अधिकृत क्षेत्री विभागीय मूल्याङ्कनमा परेको बताइएको छ ।
साथै, सो राजस्व असुलीका कारण नै ३७ औँ नम्बरमा रहेको आन्तरिक राजस्व कार्यालय विराटनगरलाई आन्तरिक राजस्व विभागले छैटौँ नम्बरमा ल्याएको थियो । लामो समयदेखि मुुद्दामा समेत गएको उक्त उद्योगलाई प्रमुख कर अधिकृत क्षेत्रीको प्रयासले करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालय विराटनगर सफल भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया