सडकमा व्यापार गर्नु रहर हैन बाध्यता हो भन्दै काठमाडौं महानगरविरुद्ध आन्दोलन
काठमाडौं,काठमाडौं महानगरपालिका बिरुद्ध बिभिन्न मागहरु राखि बिभिन्न पार्टीका भातृसंगठन र संघसस्थाहरुले आन्दोलन गरेका छन् । फुटपाथ व्यापारी तथा नेपाल स्वरोजगार व्यापार श्रमिक संघ ,राष्ट्रिय स्वतन्त्र ब्यापार ब्यवसायी संघ,सडक व्यापार संगठन एकीकृत ट्रेड युनियन सहासंघले संयुक्त आयोजनामा धर्ना तथा बिरोध कार्यक्रम भएको छ ।
महानगरले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, महानगरभित्रका सबै वडामा ‘सस्तो बजार’ सञ्चालन गरी सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सञ्चालन गर्ने कार्य सुनिश्चित गरिनुपर्ने लगायत मागहरु राख्दै उनीहरुले काठमाडौ महानगर पालिका विरुद्ध आन्दोलन गरेका हुन ।
आन्दोलनमा नेकपा (एमाले)को भातृ संगठन जिफण्ट निकट नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष माया गुरुङको नेतुत्वमा राष्ट्रिय स्वरोजगार ब्यबसायी संघ अध्यक्ष लिला दाहाल,नेकपा (एकीकृत समाजवादि) निकट सडक व्यापार संगठन एकीकृत ट्रेड युनियन महासंघ अध्यक्ष कुमार सापकोटा लगायत करिब २५० जनाको संख्यामा शान्तिबाटिकामा उपस्थित भएर आन्दोलन गरेका हुन । उनीहरुले रत्नपार्क बाट झण्डा,प्यालेकार्ड सहित नारा लगाउँदै शुक्रबार बिहान ११ बजे विरोध र्याली निकाली काठमाडौ प्लाजामा पुगि धर्ना दिन हिँडेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया