‘चाइनिज न्यु इयर कप’ फुटबलको उपाधि नेपाललाई
काठमाडौं । बीवाईडीले प्रायोजन गरेको नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ को उपाधि नेपालले जितेको छ । शनिबार दशरथ रंगशालमा भएको सो मैत्रीपूर्ण खेलामा नेपाली अन्डर–२३ टीमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५–१ गोल अन्तरले हराउँदै विजयी भएको हो ।
चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्द्वारा संयुक्तरूपमा आयोजना गरिएको खेललाई बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको थियो । चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको उक्त मैत्रीपूर्ण फुटबल म्याचसँगै नेपालको प्रख्यात म्युजिक ब्याण्ड कुटुम्बले विभिन्न गीत प्रस्तुत गरेको थियो । साथै, ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई अत्यधिक मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रममा चीनका राजदूत चेन सब र नेपालको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहभागिता जनाएका थिए । कार्यक्रम भव्यरूपमा सफल भएको साइमेक्स इंक प्रालिले जनाएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया