(एन्फा) का महासचिव किरण राईमाथि घुस लिएको आरोप
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि घुस लिएको आरोप लागेको छ । राईले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शुक्रबार सरिता परियारको नामबाट उजुरी दर्ता भएको छ ।महासचिव राईले पटक(पटक गरी २५ लाख रुपैयाँ लिएको आरोप लागको छ। उजुरीमा केटिएम सिटीका सीईओ निमा शेर्पा र त्यही कम्पनीका प्रतिनिधि राजु सिंहबीच भएको ह्वाट्सएप म्यासेजका अनुसार सीईओ शेर्पासँग राईले रकम बुझेको दाबी गरिएको छ।महासचिव राईले २३ जुन, २०२३ मा दरबारमार्ग पुरानो घरबाट दिनको २ः२० बजे ५ लाख रुपैयाँ लिएको दाबी उजुरीमा गरिएको छ।
उजुरी पत्रमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघ एन्फा र शेर्पा आउट डुअर स्पोर्टस् गुड्स इण्डष्ट्रिज (केटिएम सिटी) बीच एन्फालाई आवश्यक पर्ने खेल सामाग्री आपूर्ति सम्झौता गरिएको थियो। संघका महासचिव किरण राईले पदको दुरुपयोग गरि बक्यौता रकम देऊभन्दा पटक पटक बार्गेनिङ्ग गर्दै रकम लिने गरेको र रकम दिएमा अबको कन्ट्रयाक पनि तपाईंको कम्पनीलाई नै दिन्छु भनेर केटिएम सिटीबाट रकम बुझिलिने गरेको जानकारी आएको छ।’महासचिव राईले भने आफूमाथि पटक पटक फसाउने प्रयास भएको दाबी गर्दै आएका छन् । उनले आफूलाई यसअघि पनि पटक पटक फसाउनका लागि गरिएको प्रयास असफल भएजस्तै यो प्रयास पनि असफल नै हुने बताएका छन् । उक्त आरोपको खण्डन गर्दै राईले आरोपको डटेर सामना गर्ने बताएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया