काठमाडौं,सीआईबी प्रमुख किरण बज्राचार्यसहितको टोलीले भेप र ब्रेक सुमार्फत भएको सुन तस्करीको अनुसन्धानमा केही हाई–प्रोफाइलहरूको स्वार्थअनुसार उनीहरूलाई जोगाइदिने गरी गरेको अनुसन्धान नै त्रुटिपूर्ण रहेको भन्दै सुन तस्करीसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले सीआईबीको सेट नै परिवर्तन गरी विभागीय कारबाही गर्न सुझाव दिएको थियो ।
सीआईबीको उक्त टोलीले सुन तस्करीमा जोडिएका अभियुक्त जीवन चलाउनेलाई अनुसन्धानको लागि भन्दै समातेर ब्युरोमा उपस्थित गराए पनि सेटिङमा पछि भगाएको अभियोग रहेको छ । चलाउने हालसम्म पनि फरार रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।सोही सुझावअनुसार एक्सनमा उत्रिएका गृहमन्त्री रवि लामिछानेले सीआईबी प्रमुख एआईजी बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीहरू रुगम कुँवर र दुर्गा दाहाललाई शुक्रबार नै हेडक्वार्टर तानेर विभागीय कारबाही सुरु गरेका छन् । बज्राचार्यलाई हेडक्वार्टरमा तानेपछि रिक्त रहेको सीआईबी प्रमुखको पदमा गृह मन्त्रालयले तत्कालको लागि एनआईजी श्यामलाल ज्ञवालीलाई पठाएको छ ।
क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया