आँबुखैरेनी गाउँपालिकाद्वारा चीनको शाओशान सहरसँग सम्बन्ध स्थापना
काठमाडौं । चीनको पेपोल्स गणतन्त्रको शाओशान सहर र तनहुँ आँबुखैरेनी गाउँपालिकाबीच मित्रता सहर सम्बन्ध स्थापना गर्न सम्झौता भएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा स्थानीय सरकार प्रमुखको हैसियतले १० दिने चीन भ्रमणमा रहेका आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले शाओशान शहरका मेयरसँग सम्झौता गरेका हुन् । सम्बन्ध कायम गरेसँगै दुई सहरका बीच कृषि, पर्यटन, अर्थ, संस्कृतिलगायत विभिन्न विषयमा आपसी सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । यस्तै, पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक सम्बन्ध कायम राखी दुवै पक्षले मैत्रीपूर्णरूपमा सहयोग आदानप्रदान गर्ने, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पर्यटन, पशुपालनलगायत क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया