‘पर्यटन विकासका लागि सुविधा सम्पन्न यातायात अपरिहार्य’
गण्डकी । पर्यटन विकासका लागि सुविधा सम्पन्न यातायात सेवा अपरिहार्य रहेकामा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटीभीए) गण्डकी प्रदेशले नयाँ वर्ष २०८१ का अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा सरोकारवालाले सुविधा सम्पन्न यातायात सेवा पर्यटकीय विकासको आधारभूत आवश्यकता भएकामा जोड दिएका हुन् ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकलाई सुविधा सम्पन्न यातायात सेवा दिनु जरूरी रहेको भन्दै यातायात व्यवसायीहरूले मागअनुुसार स्तरीय सेवा प्रवाहमा ध्यानदिनुपर्ने बताए । सरकारले व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि पर्यटक यातायात सञ्चालनका क्रममा आउने जोखिम न्यूनीकरण गर्न व्ययभारको जिम्मा बीमा कम्पनीले लिने नियम बनाउन र भलाई कोषको स्थापना गर्न आवश्यक रहेकामा पनि उनले जोड दिए ।
एनटीभीए गण्डकी प्रदेशका पूर्वअध्यक्ष एवं सल्लाहकार बोबरजङ्ग गुरुङले निजी र पर्यटक सवारीसाधनको आयु २० वर्ष तोकिनुले स्तरीय सवारीसाधन भएका व्यवसायी मर्कामा परेको भन्दै सो नीति परिवर्तन गर्नुपर्ने धारणा राखे ।
एनटीभीए गण्डकी प्रदेशका अध्यक्ष दुर्गादत्त दाहालले पर्यटक यातायात सेवालाई अझै प्रभावकारी बनाउनेमा संस्था लागिरहेको बताए । त्यस अवसरमा संस्थाले प्रकाशन गरेको पर्यटक यातायात सवारीसाधनको दररेटसहितको वार्षिक पात्रो लोकार्पण गरिएको थियो ।
क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया