कर्णाली डेभलपमेन्ट बैंकले कमायो दुई करोड ८८ लाख
काठमाडौं, कर्णाली डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड ८८ लाख सात हजार पाँच सय ९५ रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा बढी हो । गत आवको सोही अवधिमा बैंकले एक करोड ७३ लाख ३४ हजार नौ सय ३८ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा चार अर्ब ६८ करोड ७३ लाख ८३ हजार नौ सय ३० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ४० करोड ४६ लाख ५८ हजार ४४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ३१ लाख पाँच हजार ४२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा दुई करोड ५१ लाख ३४ हजार आठ सय १७ रुपैयाँ रहेको बैंकमा चार दशमलव ९६ प्रतिशत स्प्रेडदर रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले चार अर्ब ४९ करोड एक लाख ३१ हजार चार सय ३३ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३९ करोड २९ लाख चार हजार सात रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड १९ लाख २० हजार तीन सय ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव २६ प्रतिशत कर्जा खराब रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ९४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया