Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली भ्याटबिल प्रयोग गर्ने कम्पनीविरुद्ध ७७ करोड बिगोसहित मुुद्दा

नक्कली भ्याटबिल प्रयोग गर्ने कम्पनीविरुद्ध ७७ करोड बिगोसहित मुुद्दा


काठमाडौं, असार २८
नक्कली भ्याटबिल प्रयोग गरी कारोबार गरेको अभियोगमा कम्पनीहरुविरुद्ध मुुद्दा दायर भएको छ । राजस्व अनुुसन्धान विभाग पुल्चोक ललितपुरले भन्सार चोरी पैठारी र झूठो तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा केही फर्म तथा व्यक्तिहरुउपर ७७ करोड चार लाख १३ हजार दुुई सय २० रुपैयाँ बिगो कायम गरी उक्त प्रतिवादीहरुबाट बिगो असुलउपर गरी गराई जरिवाना एवं कैद सजाय समेतको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार झूठो तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व छली गर्ने न्यू कोइराला ब्रदर्स इन्टरप्राइजेज (स्था.ले. नं.६००५८९१७८) ले राजस्व चुहावट गरेको अभियोगमा एक करोड ७० लाख १९ हजार आठ सय ५५ रुपैयाँ मात्र बिगो कायम गरी उक्त बिगो असुलउपर गरी गराई जरिवाना र कैद समेतको मागदाबी लिई यही असार २४ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो ।

उक्त इन्टरप्राइजेजले वास्तविक मालवस्तु तथा सेवा खरिद नगरी झूठो तथा नकक्ली मूल्यअभिवृद्धि कर बीजक मात्र लिई सोहीअनुसार आयकरतर्फ खरिद खर्च कट्टी लिई मुनाफा घटाएको र मूल्य अभिवृद्धि करतर्फ ट्याक्स क्रेडिट खरिदमा तिरेको भनी बिक्रीमा उठाएको करमा घटाई मिलान गर्न दाबी गरेको रकम लिई कानुनबमोजिम नेपाल सरकारलाई तिर्नु बुझाउनुपर्ने मूल्यअभिवृद्धि कर र आयकर छली राजस्व चुहावट गरेको पाइएकोले बिगो कायम गरिपाऊँ भन्दै मुुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यसैगरी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका महाबौद्धमा ठेगाना राखी कारोबार गर्ने समर ट्रेडर्स (स्था.ले. नं.६०५०२८८३६) ले राजस्व चुहावट गरेको अभियोगमा ४ करोड ५८ लाख २ हजार दुुई सय ३९ रुपैयाँ बिगो असुलउपर गरी जरिवाना एवं कैद सजायको मागदाबी लिई उच्च सरकारी वकिलको कार्यालय ललितपुरमा यही असार २३ गते मुुद्दा दायर गरिएको छ । विभागका अनुसार समर ट्रेडर्सले आयात गरेका मालवस्तुहरुको सबै बिक्री नदेखाएको, कतिपय मालवस्तहरुको आयातभन्दा बिक्री बढी देखिएको तर आयात गरेको नदेखिएको (चोरी पैैठारी गरी आयात भएको), सक्कल प्रज्ञापनपत्र पेश गर्न नसकेको, दर्ता र कारोबार गर्ने व्यक्ति फरक–फरक भएको, फर्म दर्ता भएको ठेगानामा फर्म नराखी भन्सार नाकाबाटै कारोबार गरी राजस्व चुहावट गरेको अभियोगमा हदैसम्म कैद एवं सजाय हुन मागदाबी लिई यही असार २३ गते उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दर्ता गरिएको हो ।

विभागका अनुसार झूठो तथा नक्कली मू.अ.कर बीजक प्रयोग गरी राजस्व छली गर्ने काठमाडौं महानगरपालिका वडा नं. ४ ठेगाना भएको जिमी ग्रुुप प्रा.लि. (स्थायी लेखा नं.६०३५७१०४८) ले राजस्व चुहावट गरेको अभियोगमा १८ करोड ३३ लाख बिगो असुलउपर गरी जरिवाना एवं कैद सजाय हुन मागदाबी लिई यही असार २१ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

विभागले झूठो तथा नक्कली मू.अ.कर बीजक प्रयोग गरी राजस्व छली गर्ने ललितपुर महानगरपालिका वडा नं. ३ स्थित न्यू क्रिएसन इम्पेक्स प्रा.लि. (स्था.ले.नं. ६००४२३९७३) तथा बंगलामुखी ट्रेड एण्ड सप्लाई (स्थायी लेखा नं.३०२०७९८०७) र काठमाडौं महानगरपालिका वडा नं. २८ स्थित बि.एस.ट्रेड इन्टरनेशनल (स्थायी लेखा नं. ३०२६७१६३४) ले राजस्व चुहावट गरेको अभियोगमा ९ करोड २३ लाख बिगो असुलउपर गरी जरिवाना एवं कैद सजाय समेत हुन मागदाबी लिई यही असार २१ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको जनाएको छ ।

विभागले विदेशबाट मोबाइललगायतका इलेक्ट्रोनिक्स सामानहरु चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा काठमाडौं जिल्ला, काठमाडौं म.न.पा. वडा नं. १५ स्थायी ठेगाना भई हाल टोखा न.पा. ग्राण्डी अपार्टमेन्टमा बस्ने मयूर मालाकार समेत दुुई जनाउपर ४३ करोड १८ लाख ९५ हजार चार सय ३० रुपैयाँ बिगो कायम गरी बिगो असुलउपर गरी गराई जरिवाना र कैद सजायको मागदाबी लिई उच्च अदालत, पाटन, ललितपुरमा यही असार २३ गते मुुद्दा दायर गरेको छ ।

दुुई उद्योगविरुद्ध छ करोडको बिगोसहित मुुद्दा : राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले राजस्व चुहावट गरेको अभियोगमा दुुईवटा उद्योगविरुद्ध मुुद्दा दायर गरेको छ । विभागका अनुुसार राजस्व चुहावट गर्ने स्थायी लेखा नम्बर ३०३१६७९१९ भएको श्याम ग्लास इण्डष्ट्रिज र स्थायी लेखा नं. ३०५४३३५६७ भएको महाशक्ति गुट्खा उद्योगविरुद्ध छ करोड ६९ लाख रुपैयाँ बिगो कायम गरी उक्त प्रतिवादीहरुबाट बिगो असुलउपर गरी जरिवाना एवं कैद सजाय समेतको मागदाबी लिई उच्च अदालत तुल्सिपुर, बुटवलमा मुद्दा दायर गरेको हो ।

सोमध्ये राजस्व चुहावट गर्ने श्याम ग्लास इण्डष्ट्रिजले राजस्व चुहावट गरेको अभियोगमा छ करोड छ लाख २५ हजार दुई सय ८२ रुपैयाँ मात्र बिगो कायम गरी उक्त बिगो असुलउपर गरी जरिवाना र कैद समेतको मागदाबी लिई यही असार २२ गते उच्च अदालत तुल्सिपुर, बुटवलमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार राजस्व चुहावट गर्नेको महाशक्ति गुट्खा उद्योगको हकमा पनि राजस्व चुहावट गरेको अभियोगमा ६३ लाख आठ हजार सात सय छ रुपैयाँ बिगो कायम गरी उक्त बिगो असुलउपर गरी जरिवाना र कैद समेतको मागदाबी लिई यही असार २२ गते उच्च अदालत तुल्सिपुर, बुटवलमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । बिल बीजक प्रविष्टि नगरी मालवस्तुु ढुुवानी गरी कानुनको परिपालना नगरेको अभियोगमा विभिन्न फर्महरुलाई ३० लाख ७५ हजार जरिवाना गरेको जानकारी समेत दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x