प्रदेश २ मा पाँच सय शैयाको आइसोलेसन बेड थपिने
जनकपुरधाम, साउन २१
कोरोना महामारी नियन्त्रणका लागि प्रदेशमा तत्काल पाँच सय शैयाको उपचारसहितको आइसोलेसन बेड थपिने भएको छ । कोरोना महामारी भयावह रूप लिनथालेपछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीतिबारे छलफल गर्न बोलाएको सर्वपक्षीय बैठकले प्रदेशमा उपचारसहितको पाँच सय आइसोलेसन शैया थप गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरू तत्काल कार्यान्वयका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको छ । कोरोना परीक्षणलाई तीव्रता दिन प्रादेशिक ल्याब जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेसिन जडान गर्नुका साथै सीमा नाकालाई थप कडा गर्ने निर्णय गरेको छ ।
बैठकमा समाजिक विकास मन्त्री नवलकिशोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, प्रदेशसभा सदस्य रामअशिष यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव अर्जुनकुमार पोखरेल, डा. राम केवल साह जीतेन्द्रकुमार यादवसहितको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया