लुम्बिनी विकास बैंकको पहिलो त्रैमासिक नाफा ११ करोड १७ लाख
काठमाडौँ ।
लुम्बिनी विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ११ करोड १७ लाख १९ हजार चार सय ७३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा नौ करोड ६७ लाख ६० हजार दुई सय ७६ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुई अर्ब ७१ करोड ६३ लाख ११ हजार सात सय २९ रुपैयाँ रहेको बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिमा ३२ अर्ब ४४ करोड ७५ लाख ५१ हजार छ सय १६ रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ४५ करोड ८० लाख ८६ हजार दुई सय ११ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ९५ लाख ३५ हजार छ सय ४३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
यस अवधिमा वितरणयोग्य नाफा दुई करोड ११ लाख ५१ हजार पाँच सय ६५ रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने पाँच दशमलव १४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा बैंकले २८ अर्ब पाँच करोड ८८ लाख १९ हजार सात सय २३ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब २४ करोड ९८ लाख ३४ हजार सात सय ९७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३० करोड ६९ लाख ४२ हजार पाँच सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव २८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- न्युयोर्कमा २५६८औँ बुद्ध जयन्ती मनाइयो
- एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान
- बजेटमा व्यापक छलफल गर्न अध्यक्ष ओलीको निर्देशन
- श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल
- स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन
- नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
- आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली
- चार दिनदेखि युवक सम्पर्कविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया