सन्तोषी सुब्बाको हत्या गरेको आरोपमा पक्राउ
काठमाडौं ।
काठमाडौं महानगरपालिका–७ बस्ने सन्तोषी सुब्बाको हत्या गरेको अभियोगमा दक्षिणकाली नगरपालिका–७ बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ घर भएका २९ वर्षीय सुरेश तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
दक्षिणकाली नगरपालिका–७ दक्षिणकाली मन्दिरपरिसरको पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालयमा अनुहारको भाग क्षतविक्षत रहेको अवस्थामा मंगलबार शव फेला परेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई लुकीछिपी बसेको अवस्थामा काठमाडौं महानगरपालिका–२७ कमलाक्षी इनबहालबाट फेला पारी पक्राउ गरेको हो ।
सन्तोषी सुब्बाले असार ६ गते सुरेशसँग खाने र बासको समस्या भएको बताएपश्चात निजले काम गर्ने बसमा उक्त व्यवस्था मिलाइदिन्छु भनी घटनास्थलतर्फ लगी जबर्जस्ती गर्ने क्रममा प्रतिकार गरेपछि सुरेशले घाँटी थिची सलले घाँटीमा बेरी हत्या गरेपश्चात् ढुंगाले अनुहारमा पटक पटक प्रहार गरी फरार भएको अनुसन्धानबाट खुल्न आएको छ ।
घटनाको बेला अभियुक्तले लगाएका कपडाहरू, सन्तोषीको मोबाइल, मेमोरी कार्डलगायतका सामानहरू समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया