Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवीर अस्पतालमा सतर्कता केन्द्रको छापा

वीर अस्पतालमा सतर्कता केन्द्रको छापा


काठमाडौं । अनियमितताको खबर आर्थिक दैनिकमा प्रकाशित भएलगत्तै राष्ट्रिय सतर्कता केन्द्रले वीर अस्पतालमा छापा मारेको छ । कोभिड–१९ केन्द्रीय अस्पतालको प्रमुख कार्यकारी प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले १२ करोड रुपैयाँको मेडिकल सामग्री खरिदको ठेक्का आफ्नै साझेदार सुन्दर लाल भुसाललाई दिएर अनियमितता गरेको भनेर आर्थिक दैनिकले लेखेको समाचारको विषयलाई लिएर केन्द्रले सोमबार वीर अस्पतालमा छापा मारेको हो । सर्तकता केन्द्रले छापा मारी त्यहाँबाट महत्वपूर्ण कागजात कम्प्युटर र ल्यापटपहरु नियन्त्रण लिएको छ ।

यसअघि मेडिकल सामग्री खरिदको लागि ठेक्का पाएको कम्पनी भुसालको भनिए पनि अदृश्य रुपमा डा. गौतमसँगै पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको समेत अदृश्य लगानी रहेको स्रोतको दाबी छ । डा. गौतमले मापदण्ड समेत नपुगेको म्याक्सिमलाई एकै दिन १२ करोड ४३ लाख रुपैयाँको भेन्टिलेटर खरिदको ठेक्का दिएका थिए ।

ठेक्काको सूचनामा तीन वर्ष अनुभव भएको कम्पनीलाई भेन्टिलेटर खरिदको ठेक्का दिने भनिएको थियो । तर, दुई वर्ष पनि अनुभव नभएको म्याक्सिमलाई वीर अस्पतालको यति ठूलो रकमको ठेक्का दिइएको थियो । ठेक्का स्वीकृतिको सूचनामा पनि उनले ‘प्रमुख कार्यकारीस्तरीय’ निर्णय भन्दै म्याक्सिमलाई दिएको उल्लेख गरेका थिए । गत असार ११ गते वीर अस्पतालले १५ करोडबराबरको ठेक्का आह्वान गरेको थियो । भेन्टिलेटर, एक्स–रे मेसिन, यूएसजी मेसिनलगायतको सामग्री खरिदको ठेक्का प्रकाशन गरेको थियो ।

ठेक्का आह्वानको सूचनापछि सेटिङमा हुनलागेको व्यापक चर्चाका बीच तत्कालीन प्रशासनले ठेक्का नै रद्द गरेको थियो । कोभिड १९ नियन्त्रणसम्बन्धी सरकारले अध्यादेश जारी गरेरै तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका अध्यक्ष ईश्वर पोखरेलको योजनामा वीर अस्पतालमा नियुक्त भएर आएसँगै गौतमले पाँँच अर्ब बराबरको ठेक्का हत्याउन आफ्नै कम्पनी संलग्न गराउने खेल सुरु गरेका थिए । यसैको पहिलो कडी भेन्टिलेटर खरिद प्रकरण रहेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x