काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कसको निर्देशनमा गैरसांसद गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन् भन्ने कुरो दिन बित्दै जाँदा झनै रहस्यमय बन्दै गएको छ । उनीलाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको भनी माओवादी अध्यक्ष प्रचण्डले भने पनि कांग्रेसले आठ मन्त्रालय पाएको र उनी नवौँ मन्त्री बनेका छन् । उनी मन्त्री बन्दा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले आ–आफ्नो सिट घटाउन किन तयार भए भन्ने प्रसंगले पनि रहस्य थपेको छ ।
कांग्रेसको राजनीति छाडेका हमाल पुराना कांग्रेसी भएकाले मन्त्री बनाइएको भनिए पनि उनी त्यसरी सम्मानित गरिनुपर्ने कांग्रेस पनि होइनन् । उनलाई कसको दबाबमा मन्त्री बनाइएको हो भन्ने रहस्य अझै खुल्नसकेको छैन जब कि बाहिरी आरोपचाहिँ प्रधानन्यायाधीश चोलेन्द्र राणाको कोटामा मन्त्री बनाइएको छ । जब कि सत्ता गठबन्धनका प्रमुख साझेदार माओवादी अध्यक्ष प्रचण्डसँग प्रधानन्यायाधीश राणाको संवादहीनताको अवस्था छ र एउटा पक्षले राणालाई महाअभियोग लगाउनुपर्ने कुरा उठाइरहेको छ ।
यस्तो अवस्थामा रहेका राणाको प्रस्ताव नै भए पनि सर्वसम्मत हुने अवस्था देखिएको छैन तर हमालको नियुक्ति सत्ताधारी घटकमा सर्वसम्मत रहेको देखिएको छ । हमालको नियुक्ति र नेपाली कांग्रेसको टोलीको भारत भ्रमण एक अर्कामा अन्तर्सम्बन्धित रहेको हुनसक्ने आशंका गरिएको छ । हमालको अस्वाभाविक नियुक्तिका पछाडि शक्तिकेन्द्रको निर्देशन रहेको छ र त्यो शक्तिकेन्द्रका अगाडि सत्ता गठबन्धन निरीह रहेको लगभग पुष्टि भएको छ ।
इच्छाराजलाई नछाड्न अर्थमन्त्री शर्माको निर्देशन : सिभिल सहकारीका झण्डै २२ सय बचतकर्ताको रकम फिर्ता नगरेर ठग्दै आएका सिभिल बैंक तथा सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङलाई कारबाही गराउन अर्थमन्त्री जनार्दन शर्मा आफैँ लागिपरेका छन् ।
सहकारीका बचतकर्ताहरुको रकम ठगेको उजुरी परेपछि पक्राउ परेका तामाङलाई नलरबराई कारबाही गर्न उनले प्रहरीलाई निर्देशन दिएका छन् । तामाङलाई कडा कारबाही गर्न उनले सीआईबीका प्रमुख धिरज प्रताप सिंहलाई फोन गरेर निर्देशन दिएका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया