नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिबद्धता
काठमाडौं । इजरायल सरकारले नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने प्रतिबद्धता जनाएको छ । नेपालका साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्यका छोराछोरीहरूलाई प्रशिक्षार्थी कृषि अध्यायनका लागि इजरायल पठाउन नेपालस्थित इजरायली राजदूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।
साना किसान लघुवित्त वित्तीय संस्था एंव नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, डीसीईयो डा. नवराज सिम्खडा र डीसीईयो झलेन्द्र भट्टराईसँगको भेटमा इजरायली राजदूत हानान गोडरले कोरोना भाइरस कोभिड १९ का कारण केही समयदेखि रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् । उनले नेपाली साना किसान सदस्यहरूको जीवन रूपान्तरणका लागि कृषि र पशुपालनमा आधारित प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रूपान्तरणमा खेलेको भूमिकाले आफूहरूलाई खुसी लागेको बताए । नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको यस साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यहरूलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको उनले बताए ।
नेपालबाट प्रशिक्षार्थीका रूपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्यायन गरेर फर्केका धेरै युवाहरू अहिले व्यवसायी बनिरहेका छन् । भेटमा नेपाल कृषि सहकारीका अध्यक्ष पाठकले नेपालका युवाहरूलाई इजरायलले प्रशिक्षार्थी विद्यार्थीका रूपमा अवसर दिएर नेपालका किसानहरूलाई ठूलो गुन लगाएको बताए । नेपाल र इजरायलबीचको सम्बन्ध सुधारका लागि समेत कृषि अध्यायनका लागि विद्यार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको उनको भनाइ थियो । इजरायलमा प्रयोग भएको नवीनतम प्रविधिलाई नेपालमा भित्र्याउन यस कार्यक्रम महत्वपूर्ण रहेको उनले बताए । उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका युवा किसानहरूलाई समेट्दै यो कार्यक्रममलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । इजरायले प्रदान गरेको यो अवसरका कारण नेपालका गरिब, विपन्न, दलित, महिला, अल्पसंख्याकलगायतको जीवन परिवर्तनमा ठूलो सहयोग पुगेको पाठकले बताए ।
इजरायलबाट सीप सिकेर फर्केका धादिङको जीवनपुरका युद्ध न्यौपानेले अहिले वार्षिक एक करोडबराबरको तरकारी बिक्री गरिरहेका छन् । धादिङकै नौबीसेका देवराज आचार्यले पनि उदाहरणीय तकारी खेती गरिरहेका छन् । यसैगरी तनहुँको बाख्रा फार्म, रूपन्देहीको सृजना चौधरीले गरेको माछापालन व्यवसाय, झापाका चन्द्र बस्नेतको कृषि कर्मलगायत धेरै युवाहरूको कृषि तथा पशुपालनमा गरेको काम हेर्नलायक रहेको अध्यक्ष पाठकले बताए । इजरायली प्रविधिको सहयोगमा अहिले नेपालमा धेरै युवाहरू व्यवसायी बनिसकेका छन् ।
यस कार्यक्रमलाई नियमित गर्ने र थप कोटा बढाउने राजदूत गोडरले बताएका छन् । होडर यसअघि पनि नेपालका लागि इजरायली राजदूत भइसकेका थिए । नेपाल मामिलाबारे राम्रो जानकारी राख्ने राजदूत हानान गोडरकै अग्रसरतामा नेपालका साना किसानका छोराछोरीहरूलाई १० महिने प्रशिक्षार्थी कामदारका रूपमा इजरायल पठाउने कार्यको थालनी भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया