Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबीमा समितिका अध्यक्ष सिलवालले भने– अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्तिमार्फत पुँजीवृद्धि गर्नु उचित

बीमा समितिका अध्यक्ष सिलवालले भने– अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्तिमार्फत पुँजीवृद्धि गर्नु उचित


काठमाडौं । बीमा समितिका अध्यग्क्ष सूर्य प्रसाद सिलवालले लगानीअनुरुपको प्रतिफल दिन नसक्ने र समयमै दाबी भुक्तानी गर्न नसक्ने कम्पनीहरूले अस्वस्थ प्रतिस्पर्धा गरी व्यवसाय गर्नुभन्दा मर्जर वा प्राप्तिमार्फत पुँजी वृद्धि गर्नेतर्फ ध्यान दिनु उचित हुने बताएका छन् । समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार काठमाडौंमा बीमकको पुँजीवृद्धि तथा मर्जरसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘बीमा कम्पनीहरू मर्जरमा जानैपर्छ भन्ने होइन तर मर्जर विकल्प हुनसक्छ भन्ने हो । सक्नेले पुँजी बढाउनुप-यो । नसक्नेले आफू जस्तैसँग अरूसँग मर्जरमा जानुप-यो । पुँजीवृद्धिका लागि सहजीकरण गर्न र मर्जरमा जानेलाई सक्ने जति सुविधा दिन समिति तयार छ ।’ कार्यक्रममा अध्यक्ष सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजीवृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित, विकसित र नियमित गर्न खोजेको उल्लेख गर्दै कम्पनीहरूले एक वर्षभित्र पुँजी वृद्धि गर्नैपर्ने बताए ।

पुँजीवृद्धिका लागि हकपद सेयरलाई प्राथमिकतामा नराख्न आग्रह गर्दै अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरू व्यवसाय विस्तारका लागि स्थानीय तहसम्म पुग्नुप-यो । अस्वस्थ प्रतिस्पर्धा त्यागेर स्वस्थ प्रतिस्पर्धा गर्नुप-यो । सूचना प्रविधिमैत्री हुनुप-यो । शाखा कार्यालयहरूलाई सुविधासम्पन्न बनाउनुप-यो । दाबी भुक्तानी समयमै हुनुप-यो । लगानीको प्रतिफल पनि बढ्नुप-यो ।’

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूलाई पुँजीवृद्धिका लागि थप लगानी, बोनस सेयर, विदेशी साझेदारी, मर्जर वा प्राप्तिलगायतका विभिन्न विकल्प हुनसक्ने बताए । कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पंगेनी बीमकको पुँजीवृद्धिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लाल र जीवन बीमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक सेयरधनी र प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x