कोरोना महामारीपछि पहिलो पटक मकवानपुरमा रामनवमी मेला
हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा कोरोना महामारीपछि पहिलो पटक रामनवमी मेला सुरु भएको छ । विसं २०३३ देखि वार्षिकरुपमा हुँदै आएको मेला कोरोना माहामारीका कारण सञ्चालन हुन सकेको थिएन ।
मेलाका संयोजक खड्कबहादुर पुलामीका अनुसार मेलामा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र रु दुई करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक सय स्टल रहेको मेलामा कृषि उत्पादनसँगै बाल उद्यान, खाना, कपडा, भाँडाकुँडा, खाद्यान्न, जुत्ता चप्पल बिक्रीका लागि राखिएको छ । मेला अवलोकन गर्न मकवानपुरसहित सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, काभ्रे र ललितपुरबाट दर्शक आउने मेला आयोजक समितिका सह–संयोजक मनोज नेगीको भनाइ छ ।
मेलामा स्थानीय तहमा उत्पादन भएका सुन्तला, बेसार, केरा, साग, कफी, बागमती खोलाको माछा, अर्गानिक बङ्गुरको छोइला, फापरको ढिँडोलगायतका खाद्यान्नको प्रवर्द्धन तथा स्थानीय कला संस्कृति, तामाङ समुदायको डम्फु नाच, भजनकीर्तन, राई, मगरको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ ।
‘फापरबारीको हाम्रो शान स्थानीय कला संस्कृति, कृषि, पर्यटन प्रवर्द्धन हाम्रो पहिचान’ भन्ने मूलनाराका साथ सुरु भएको मेलामा गायक विश्व दोङ, तारा प्रकाश लिम्बू, क्षितिज रानामगर लगायतकाले सांगितिक प्रस्तुति दिनेछन् । रासस
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ताजा अपडेट
- अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
- चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया