च्याउ खेतीप्रति आकर्षण न्यून, माग उच्च
सोलुखुम्बु । ओखलढुंगा जिल्लामा च्याउ खेतिप्रति किसानको आर्कषण न्यून रहेको देखिएको छ । जिल्लामा व्यावसायिक च्याउ खेतीतर्फ किसानको आकर्षण सन्तोषजनक नरहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । जिल्लाका सबै पालिकामा च्याउ खेतीको सम्भावना रहे पनि यहाँका किसानले यसतर्फ सम्भाव्यताको खोजी नगरेको ज्ञान केन्द्रका निमित्त प्रमुख हेमबहादुर आले मगरले बताए ।
पछिल्लो समय च्याउको तरकारीमा भान्सा केन्द्रित हुँदै गएको भए पनि ओखलढुंगामा भने व्यावसायिकरूपमा च्याउ खेती हुन नसक्नु दुःखद् रहेको निमित्त प्रमुख मगरको भनाइ छ । उनले भने, ‘यहाँ च्याउ खेतीप्रतिको आकर्षण खासै देखिँदैन तर खपतचाहिँ यसैको बढी छ, खै किन खेती नगरेका हुन्, खेती हुने सम्भावना पनि धेरै छ यहाँ त, यहाँ खपत हुने च्याउ जिल्ला बाहिरबाट बढी आउने गरेको देख्छु ।’ जिल्लाका करिब १२ जना किसानले मात्रै व्यावसायिक च्याउ खेती गर्दै आएका छन् ।
उनीहरूले वार्षिकरूपमा सात टनसम्म च्याउ उत्पादन गर्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यहाँ सिताके च्याउ फाट्टफुट्ट भए पनि कन्ने च्याउ राम्रोसँग उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका अनुसार च्याउ खेति कार्यक्रममार्फत अनुदान उपलब्ध गराईने भएपनि वार्षिक २/३ जनासम्म मात्रै प्रस्ताव लिएर आउने गरेका छन् । जिल्लामा च्याउको बजार प्रशस्त भएकाले यसको व्यावसायिक खेतीमा लाग्दा आत्मनिर्भर बन्न सकिने ज्ञान केन्द्रका निमित्त प्रमुख मगरले बताए ।
ज्ञान केन्द्रको तथ्याङ्कअनुसार हालसम्म जिल्लाको सिद्धिचरण नगरपालिका क्षेत्रभित्र मात्रै व्यावसायिक च्याउ खेती हुँदै आएको छ । तर जिल्लामा खपत हुने च्याउ काठमाडौं तथा अन्यत्रबाटै आयात हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया