Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानलाई किबिको बिरुवा वितरण

किसानलाई किबिको बिरुवा वितरण


काठमाडौं । जिल्लाको वैतेश्वर गाउँपालिकाले कृषकहरूलाई किबिको बिरुवा वितरण गरेको छ । पालिकाले चालू वर्षको किबि खेती विस्तार तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत स्थानीय किसानलाई ९० प्रतिशत अनुदानमा चार हजार किबिको बिरुवा वितरण गरेको हो ।

गाउँपालिकाले किबि खेतीयोग्य क्षेत्रको पहिचान गरी वडा नम्बर–६ बाहेकका सात वटा वडामा बिरुवा वितरण गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेतीले जानकारी दिइन् । उनका अनुसार पालिकाले वडा नम्बर–१ का ३६ जना किसानलाई १६ सय बिरुवा वितरण गरेको छ । त्यस्तै वडा नम्बर–२ का ६ जना किसानलाई दुई सय पाँच वटा, वडा नम्बर–३ का २४ जना किसानलाई तीन सय ७० वटा बिरुवा वितरण गरेको जानकारी दिइन् । त्यसैगरी वडा नम्बर–४ का २२ जना किसानलाई पाँच सय १३ वटा, वडा नम्बर–५ का ४ जना किसानलाई ९३ वटा बिरुवा वितरण गरिएको छ भने वडा नम्बर–७ का १४ जना किसानको लागि दुई सय दुई वटा र वडा नम्बर–८ का ४३ जना किसानलाई नौ सय ६५ वटा बिरुवा वितरण गरेको पालिकाले जनाएको छ ।

गाउँपालिकाले किसानलाई हेवाड, मन्ट्टी, एलिसन जातको किबिको बिरुवा वडागतरूपमा वितरण गरेको बैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिए । किसानको मागको आधारमा उनीहरूलाई बिरुवा वितरण गरिएको हो । पालिकाकी उपाध्यक्ष उप्रेतीको रोहवरमा वडाअध्यक्षहरूले किसानलाई बिरुवा वितरण गरेका थिए ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया