उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी
बागलुङ । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ ।
सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको थियो भने तीन वर्षयता बागलुङ नगरपालिका–४ कुँडुलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसारखेती गर्दै आएको छ । यस्तै तितौरेमा दुई रोपनी जग्गामा अदुवाखेती गर्दै आएको छ ।
सहकारीले उत्पादन गरेको बेसारलाई यस वर्षदेखि ब्रान्डिङ गरेको छ । सहकारी संस्थाले वार्षिक २० क्विन्टल उखु बिक्री गर्दै गरेको थियो । यस वर्ष सहकारीले एक लाख बराबरको बेसार बिक्री गरेको र अन्य बीउलाई सदस्यमा सापटी दिएको सहकारीका कोषाध्यक्ष तथा कुँडुलेका अगुवा कृषक जग्गन्नाथ सापकोटाले बताए ।
‘सहकारीले बेसारखेती गर्न थालेको दुई वर्ष भयो, यस वर्षबाट बेसार बिक्री गर्न थालेका छौँ । एक लाख बराबरको बेसारलाई ब्रान्डिङ गरेर बिक्री गर्यौ, अन्य बेसार सोही जग्गामा लगायौँ भने बाँकी बीउ पुँजीका लागि सदस्यलाई वितरण गरिएको छ, वितरण गरेको बीउ अर्को वर्ष सहकारीलाई नै फिर्ता गर्नु पर्दछ’, उनले भने, ‘तितौरेमा दुई रोपनी जग्गामा अदुवा उत्पादन गर्दै आएका छौँ, सहकारीले कृषिउपजको बजारीकरणसँगै सदस्यलाई कृषिमा आत्मनिर्भर गराउनका लागि अदुवा र बेसारको बीउ सापटी दिने प्रचलन हाम्रो सहकारीमा छ ।’
सहकारीका आठ सय शेयर सदस्यमध्ये अधिकांश सदस्य कृषक भएकाले उनीहरुलाई अदुवा र बेसारको बीउ वितरण गर्दै आइएको छ । सहकारीले तीन ठाउँमा उखु, बेसार र अदुवा उत्पादन गर्दै आएको छ भने बेसार र अदुवाको बीउ सदस्यलाई वितरण गरिन्छ भने बाँकी रहेको बेसार र अदुवा बजारमा बिक्रीका लागि पठाउने गरिएको छ ।
बागलुङ नगरपालिका–७ तितौरेमा दुई रोपनी जग्गामा सहकारीले नै अदुवाखेती गर्दै आएको छ । सहकारीले ठूलो परिणाममा उत्पादन गर्न नसके पनि सदस्य लक्षित उत्पादन गरिरहेको सहकारीका अध्यक्ष चूडामणि उपाध्यायले जानकारी दिए । उपाध्ययका अनुसार गत पुसमा आयोजना गरिएको साधारणसभामा बेसारलाई मायाको चिनोका रुपमा अतिथिलाई दिइएको थियो ।
‘सहकारीका सदस्यलाई कृषिमा प्रोत्साहन गर्ने हाम्रो नीति छ, अहिले सापटी बीउ दिने, थपेर फिर्ता लिने र बजारमा अर्को वर्ष बिक्री गर्ने नीति ल्याएको छ’, अध्यक्ष उपाध्ययले भने, ‘सुरुसुरुमा सदस्यलाई बीउ दिनेगरी मात्रै उत्पादन गर्यो, सदस्यबाट फिर्ता आउन थालेपछि यस वर्षदेखि ब्रान्डिङ गरेर बिक्री गर्न थालेका छौँ ।’
बेसारलाई पिसेर ब्रान्डिङको काम यस वर्ष सुरु भएको छ । पहिलो वर्ष ५० हजार रुपैयाँको बेसार बिक्री गरिएको छ । बर्सेनि बेसार र अदुवाको उत्पादनका लागि सदस्यलाई सापटी बीउ दिने र थपेर सदस्यले फिर्ता गर्ने नीति लिइएको उपाध्यायको भनाइ छ । राससले जनाएनुसार बिक्री गर्न नसकेका किसानको उत्पादनसमेत खरिद गरेर बजार खोज्ने काम सहकारीले गर्दै आएको छ ।
सहकारीले पाँच केजी अदुवाको बीउ सापट दिएको कृषकलाई उत्पादनपछि छ केजी फिर्ता गर्नेगरी किसानलाई कृषिमा प्रोत्साहन गरिरहेको छ । सहकारी संस्थाको शेयर पुँजीको ४० प्रतिशतभन्दा बढी लगानी व्यावसायिक उत्पादनमा लगाउने गरी सहकारी योजनाबद्ध ढङ्गले अघि बढेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ओलम्पिक उद्घाटनमा गलत परिचय गराएकोमा आइओसीले माग्यो दक्षिण कोरियासँग माफी
- अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान
- चार दिनदेखि कालीगण्डकी करिडोर बन्द
- स्काइ वाक टावर सञ्चालनपछि भेडेटारका व्यवसायी उत्साही
- काठमाडौँ-तराईरमधेस द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना
- मृत्युको विषयलाई लिएर धनगढीमा तनाब
- तीन वर्षमा आयल निगम ४९ अर्ब घाटादेखि वार्षिक १० अर्ब रूपैयाँ नाफामा, तर नेपालमा किन मूल्य उल्लेख्य घटेन?
- प्यारिस ओलिम्पिक्स २०२४: पहिलोपटक रङ्गशालामा मात्र नभई सहरभरि उद्घाटन समारोह, यस्तो थियो रौनक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया