कृषिको समस्या नसुल्झिए मुलुक विकसित हुँदैन : कृषिमन्त्री भुसाल
काठमाडौं, पुस १५
कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि जटिल विषय भएकोले कृषिको समस्या नसुल्झीकन मुलुक विकसित नहुने भन्दै विकास गर्न सम्भव समेत रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गरी कसरी रोजगारी सृजना गर्न सकिन्छ भन्नेबारेमा निजी क्षेत्रको राय समेत माग गरे ।
मन्त्री भुसालले सबै सरोकारवालासँग छलफल गरी कृषिको विकासमा आफू दृढ संकल्पित रहने दृढता व्यक्त गरे । निजी क्षेत्रले समेत असल अभ्यास नगरेको कारण समेत केही क्षेत्रमा हाल समस्या देखिएको बताउँदै उनले समाधानका लागि एकीकृत रुपमा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र मिली सम्बोधन गरिने बताए । साथै मन्त्री भुसालले आर्थिक उपार्जन गर्ने कृषि क्षेत्र बलियो नभई मुलुक विकसित नहुने र परम्परागत सोच, शैली र व्यवहारमा परिवर्तन नगरी कृषिलाई बढी रोजगारमुखी बनाउनुपर्ने बताए । सो अवसरमा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषि कर्जाको सहज, सरल र सस्तोमा उपलब्धता हुनुपर्ने उल्लेख गरे । उनले कृषि बीज खरिद गर्न सस्तो सुलभ र सहुलियतपूर्ण व्यवस्था हुन सरकारले अनुदान दिनुपर्ने बताए ।
कृषि उत्पादनमा भन्सार शुल्क वृद्धि हुँदा उपभोक्ता बढी मारमा पर्ने हुँदा नेपालमा नै कृषिवस्तु उत्पादन भएमा आयातित वस्तु प्रतिस्पर्धी हुन नसक्ने अध्यक्ष श्रेष्ठको भनाइ थियो । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना सफल बनाउनुका साथै प्याज अभियानको रुपमा उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा चेम्बर समितिका सभापति कृष्णमान श्रेष्ठले कृषि क्षेत्रमा सस्तो ब्याजदर, बजारीकरण, श्रम लागत श्रमिकले आफै लिन सक्ने, नार्कको भूमिका, प्राइभेट लिमिटेडमा आयकर छुट दिनुपर्ने, अनिवार्य प्यानको व्यवस्था कृषिमा हट्नुपर्ने, बीमा कृषिमैत्री हुनुपर्ने, कृषि कर्जाको संरक्षण हुनुपर्नेमा बुँदागत सुझाव पेस गरे । सो अवसरमा चेम्बरका पदाधिकारी, कृषि समितिका सदस्यहरु, कृषि उद्यमी व्यवसायी र निजी क्षेत्रका सरोकारवालहरुले समेत आफ्नो सुझाव पेस गरेका थिए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया