संस्थानको धान खरीदमा व्यापारीको हालीमुहाली
सन्तोष पौडेल
वीरगञ्ज, पुस १८
नेपाल सरकारले खाद्य संस्थानमार्फत किसानहरूसँग धान खरीद गर्ने प्रक्रियामा व्यापक अनियमितता भएको पाइएको छ । खाद्य संस्थानले नितान्त कृषकहरूको धान खरीद गर्नुपर्ने नियम छ तर किसानहरूलाई पाखा लगाई संस्थानले व्यापारीसँग धान खरीद गरिरहेको छ ।कृषकहरूका अनुसार कर्मचारी र व्यापारीहरूको मिलेमतोमा गाउँबाट धान खरीद गर्ने गरिएको छ । संस्थानमा किसानहरू धान बेच्न गएपछि कर्मचारीहरूले विभिन्न झमेला खडा गर्ने गरेको कृषकहरूले बताए ।
किसानबाट व्यापारीहरूले प्रतिक्वीन्टल दुई हजारदेखि दुई हजार दुई सयसम्ममा खरीद गरेको धान खाद्य संस्थानले दुई हजार छ सय रूपैयाँमा व्यापारीहरूसँग खरीद गर्ने गरेको छ । व्यापारीसँग प्रतिक्वीन्टल कर्मचारीले चार सयदेखि छ सय रूपैयाँ कमिशन लिने गरेको कृषकहरूले आरोप लगाएका छन् । व्यापारीहरूले कमिशन दिने गरेको कारण उनीहरूबाट नियमविपरीत धान खरीद गर्ने गरिएको किसानहरूले आरोप लगाएका छन् । कमिशन नदिँदा दुई दिनसम्म धान लोड ट्याक्टर रोकेर राख्दा सोको भाडा महँगो पर्ने गरेको किसानहरूको आरोप छ । तर, संस्थानका प्रमुख नरनाथ अधिकारीले कुनै व्यापारीसँग धान खरीद नगरेको बताए ।
नियमअनुसार वास्तविक किसानहरूको पहिचान गरी धान खरीद गर्ने गरेको उनको भनाइ छ । उनले अहिलेसम्म सोना मन्सुली प्रतिक्वीन्टल दुई हजार छ सय ६३ रूपैयाँको दरले ११ हजार ७० क्वीन्टल सोना मन्सुली तथा तीन हजार रूपैयाँको दरले तीन हजार २० क्वीन्टल जीरा मसिनो चामल खरीद गरेको बताए । चिसो धान तथा व्यापारीले ल्याएको धान आफूले थाहा पाएपछि फिर्ता गर्ने गरेको पनि उनले बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया