Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमनेश्वरी सहकारीको अध्यक्षमा महर्जन

मनेश्वरी सहकारीको अध्यक्षमा महर्जन


काठमाडौं, पुस २८
मनेश्वरी वचत तथा ऋण सहकारी संस्था लि.को नवौँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले संस्थाको अध्यक्षमा नरेन्द्र महर्जनलाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै संस्थाको उपाध्यक्षमा सुनिल खड्गी, सचिवमा चन्द्रलाल श्रेष्ठ र कोषाध्यक्षमा गणेशप्रसाद तिमिल्सिना चयन भएका छन् । त्यस्तै सदस्यहरूमा द्वारिकानाथ महर्जन, शान्तकुमार महर्जन, संगीता खड्गी चयन भएका छन् । साधारणसभाले लेखा समिति संयोजकमा विष्णुराज पाण्डे र सदस्यहरूमा रमिता महर्जन र शंकरबहादुर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । संस्थाको अध्यक्ष माधवकुमार थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरू पारित गरेको छ । साथै सभाले आव २०७५/७६ सम्मको आव २०७६/७७को लागि लेखापरीक्षकको समेत नियुक्ति गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया