Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

दिगो विकासको लक्ष्य कृषि र पशुुपालन
अनिल नेपाली
अर्घाखाँची, माघ ५
कृषि र पशुपालनबाट समृद्धिको आधार तय गर्न सकिने सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विकले बताएका छन् । जालकाँडा बाख्रापालन कृषक समूहले वडा न ११ डिर्भनामा आयोजना गरेको मिसनलाई सम्मान तथा विदाइ कार्यक्रममा मन्तव्य राख्दै विकले दिगो विकासको लक्ष्य कृषि र पशुपालन भएकोले कृषिको बजारीकरण र औद्योेगीकरणमा कृषकले ध्यान दिनुपर्ने बताउँदै कृषकले गरेका कामलाई निरन्तरता दिँदै काम गर्ने संस्थाको केही कमी/कमजोरी हुने भन्दै ती कमी/कमजोरीलाई कुशलतापूर्वक वहन गरी जिल्ला र नगरको विकासमा साझेदारी भूमिका खेलेको भन्दै संस्थाको मुक्तकण्ठले प्रशंसा गर्दै आयआर्जनमा वृद्धि गर्न गरिबीको दर घटाउन बसाइसराइ रोकी कम लगानीबाट गर्न सकिने व्यवसाय कृषि र पशुपालन भएको बताए ।

जनतालाई समृद्ध बनाउनको लागि बाख्रापालन व्यवसाय सजिलो र कम लगानीबाट समेत गर्न सकिने, केही समस्या आए सहयोगका लागि सन्धिखर्क नगरपालिका जहिले पनि सहयोग गर्न तयार रहेको दाबी गर्दै उनले कृषकको अनुदानको नाममा सरकारको बजेट बिचौलियाले दुरुपयोग गरेको जिकिर गरे । परियोजनालाई दिगो बनाउन सहयोग गर्ने कृषकलाई धन्यवाद दिँदै सरकारले नेपालको संविधान २०७२ मार्फत सहकारी समन्वय सहकार्य तीनवटा दिशानिर्देश गरी अघि बढेको संस्थालाई सहकारीमा रुपान्तरण गरी अगाडि बढ्नुपर्ने बताए । एक फरक प्रसंगमा नगर उपप्रमुख विकले परियोजना सीमित अवधि मात्र रहने हुँदा परियोजनालाई सिकाइ उपलब्धिको रुपमा विकास गर्नुपर्ने बताए । यसको लागि नगरले निरन्तर अनुगमन गर्ने उनको भनाइ छ ।

कार्यक्रममा मन्तव्य राख्दै कियुविकेका केन्द्रीय कार्यक्रम निर्देशक कैशल कुमार पौडेलले बाख्रापालनबाट जनता समृद्ध बन्नसक्ने आयआर्जनमा समेत वृद्धि हुने भएकाले बाख्रापालनलाई ध्यान दिँदै परियोजना सीमित अवधि मात्र रहने बताउँदै परियोजनालाई सिकाइ उपलब्धिको रुपमा रुपान्तरण गर्नुपर्ने बताए । कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिव खिम बहादुर कुँवरले दिशानिर्देश गर्नसके सरकारले कृषकको लागि उचित बजेट विनियोजन गर्ने बताउँदै मुलुक समृद्ध पशुपालन र कृषिबाट नै बन्नसक्ने बताए । कार्यक्रममा प्रदेश कृषि मन्त्रालयका अधिकृत माथिभरा यादवलगायतका वक्ताले कार्यक्रममा मन्तव्य राखेका थिए ।

जालकाँडा बाख्रापालन समूहमा १ सय ५३ घरधूरी ५१ जना दलित रहेको सो समूहमा छवटा समूह उपसमूहमा विभाजन गरिएको छ । समूहमा, ५० प्रतिशत माथि बोका १८ वटा, घाँस उत्पादन, कृषकलाई तालिम दिने कार्य ट्र्याकिङ मेसिन समूहले कृषकलाई दिँदै आएको बताउँदै संस्थाले तीन वर्षको अन्तरालमा तीन करोड ८३ हजार १ सय ६८ आम्दानी गरी १ लाख ९६ हजार २ सय प्रतिघर आम्दानी भएको जनाएको छ । बसाइसराइ वैदेशिक रोजगारी सात जना छोडी बाख्रापालन व्यवस्थामा समर्पित भएको संस्थाका सचिव यम बहादुर पाण्डेले बताए । किसानका लागि उन्नत बीउबीजन कार्यक्रम २०७२ सालमा अर्घाखाँचीलगायत ७ जिल्लामा सञ्चालनमा आएको र ३ सय ६९ समूह सहकारी २०४ वटा तरकारी समूह सहकारी अनुदान पाइसकेको कियुविकेका बाली विकास अधिकृत सुदिप रेग्मीले बताए ।

कार्यक्रममा संस्थाका कर्मचारीलाई प्रमाणपत्र दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । कार्यक्रम समूह अध्यक्ष गोपाल बस्यालको अध्यक्षता वडा सचिव पुष्करनाथ आचार्यको सञ्चालन समूहका सदस्य रेशौराज आचार्यको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रम संस्थाका सचिव यम बहादुर पाण्डेलाई सम्मान समेत गरिएको थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया