काठमाडौँ, काठमाडौँ उपत्यकामा शनिबार सवारी नियम उलङ्घन गर्ने ४७० सवारीसाधनलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रातो बत्तीमा सवारीसाधन चलाउने ३७ चालकलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
कार्यालयका अनुसार हर्न बजाएर सवारीसाधन चलाउने नौ, तीव्र गतिमा सवारीसाधन चलाउने ११५, लेन अनुशासन पालन नगर्ने दुई, ‘वान वे’ मा सवारी चलाउने सात र अन्य कसुरमा १६१ सवारीसाधनलाई कारबाही गरिएको छ । दसैँको समयमा सवारी नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि ट्राफिक प्रहरीले कडा निगरानी तथा कारबाही गर्दै आएको छ ।