काठमाडौं, दराज नेपालले बहुप्रतीक्षित १०.१० दशैं धमाका : बडा दशैं, धमाकेदार डिल्स सार्वजनिक गरेको छ । असोज १५ देखि २६ गते(अक्टोवर १ देखी १२) सम्म १०.१० दशैं धमाका सञ्चालन हुने कम्पनीले जनाएको छ । यस अन्तर्गत विभिन्न उत्पादन तथा श्रेणीमा ६५ लाखसम्मका भाउचर, निःशुल्क डेलिभरी र ७५ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । दशै“को उत्साहलाई थप विशेष बनाउन दराज १०.१० दशैँ धमाकाले आकर्षक अफर, लोकप्रिय ब्रान्ड तथा सहज अनलाइन सपिङ अनुभवलाई एकै ठाउँमा ल्याएको हो । दशैँको उत्साहलाई थप बढाउँदै उपभोक्ताले विभिन्न श्रेणी र साझेदार ब्रान्डका सीमित अवधिका अफरसहित दैनिक फ्ल्यास सेल्सको लाभ लिन सक्नेछन् । दराजका प्ल्याटिनम् पार्टनर्सहरु होनासा, मिनिमलिस्ट, ग्रिन लाइफ एक्सपिरियन्स, एंकर, रोह्टो र अवीबीबाट ६७ प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । त्यस्तै, गोल्ड पार्टनर्स ब्र्यांडहाउस, पी एन्ड जी, पिक एन्ड एर्के, अक्र्स फुड र भेदन्तले ७० प्रतिशतसम्मको छुट प्रदान गर्नेछन् भने सिल्भर पार्टनर्स फ्यानटेक, त्रिकाया, एसपीएनएस र माटो नेपालले ६५ प्रतिशतसम्मको दशैँ अफर ल्याएका छन् ।
अभियान अवधिभर विशेष अफर र सीमित समयका विभिन्न सपिंग मोमेन्ट्ससमेत सञ्चालन हुनेछन् । अभियानको सुरुवात अक्टोबर १ राति ८ बजेदेखि अक्टोबर २ बिहान २ बजेसम्म क्रस क्याटगोरी ब्रान्ड रस आवरबाट हुनेछ, जहाँ विभिन्न श्रेणीका ब्रान्डका आकर्षक अफर उपलब्ध हुनेछन् । त्यसपछि अक्टोबर २ र अक्टोबर ११ मा राति ८ बजेदेखि १० बजेसम्म क्रेजी प्राइस ड्रपअन्तर्गत विशेष रूपमा छनोट गरिएका उत्पादनमा आकर्षक मूल्यका अफर उपलब्ध हुनेछन् । त्यस्तै, राति ८ बजेदेखि मध्यरातसम्म ब्रान्ड रस आवरस्अन्तर्गत विभिन्न दिन विशेष श्रेणीका अफर उपलब्ध हुने कम्पनीले जनाएको छ । डिजिटल सपिङमा उपभोक्ताले छनोट गरिएका बिक्रेताबाट ३ हजार रुपैयाँसम्मका दशैँ दक्षिणा भौचरसमेत प्राप्त गर्न सक्नेछन्, यसले दशैंको किनमेललाई अझ विशेष र लाभदायी बनाउनेछ ।
दराजले ५ वटा अग्रणी बैंकसँग सहकार्य गरी विशेष प्रि पेमेन्ट अफर ल्याएको छ । क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म तथा डेबिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ । यी अफरहरू हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंकमार्फत उपलब्ध हुनेछन् । त्यस्तै, इ–सेवा र खल्तीका प्रयोगकर्ताले पनि विशेष रस आवर डिल्समार्फत १ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार १०.१० दशैँ धमाकाको उत्साह छुटमा मात्र सीमित छैन । दराज नेपालले अभियान अवधिभर विभिन्न आकर्षक गिभअवे तथा पुरस्कारसमेत ल्याएको छ । न्यूनतम २ हजारको चेकआउट अर्डर गर्ने एक भाग्यशाली उपभोक्ताले सुजुकी एक्सेस एफ आई १२५ सीसी स्पेसल एडिसन बिएस ६ स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् । त्यस्तै, उपभोक्ताले टेलीटक (बोट), एसपीएनएस, सेटाफिल, सफारी ब्याग्स नेपाल र होनासा लगायतका ब्रान्डका आकर्षक उत्पादनसहितका दैनिक गिभअवेमा सहभागी हुने अवसर पाउनेछन् ।
कम्पनीले दशैँका थप उपहारअन्तर्गत ग्लेन नेपालबाट थाइल्यान्ड भ्रमण, सिल्भर सिक्सबाट ३१ हजार रुपैयाँ मूल्य बराबरको कम्बो गिफ्ट सेट, मामाअर्थबाट ६५ हजार मूल्यको आइकनिक थ्री इन वन एक्सप्रेस स्टाइलर तथा रोह्टोबाट १ लाख ५ हजार रुपैयाँ मूल्यको स्यामसंग फ्रन्ट लोड वासिङ्ग मसिनलगायतका पुरस्कारसमेत जित्ने अवसर हुनेछ ।