दुबई, यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको झन्डै १५० जना सवार फ्लाइदुबईको विमानले दुई घण्टापछि आपत्कालीन संकेत पठाएको थियो । विमानलाई साउदी अरबको ताबुकमा ‘बिहान ९ः४५ बजे आपतकालीन अवतरण गराइएको थियो र यसका क्याप्टेन तथा सह–चालकलाई घाइते अवस्थामा भेटेपछि उपचारका लागि तत्काल अस्पताल लगिएको थियो ।’ सबै यात्री सुरक्षित रहेका छन् ।
विमानका एक यात्री मिर्याम शिरा ओहायोनले भने, ‘जब दुबईबाट तेल अभिभतर्फ जाँदै गरेको विमान जोर्डनको आकाशमाथि उडिरहेका समय एउटा चालकले अर्कोलाई छुरा हान्ने प्रयास गरेको आफुले सुनेको र विमान एक्कासि ‘लगभग नियन्त्रण बाहिर’ पुगेको थियो ।’ ‘सह–चालकद्वारा चालकलाई मार्ने र विमानमा आत्मघाती आक्रमण गर्ने प्रयास भएको छ’, उनले बेन गुरियन विमानस्थलमा पर्खिरहेकी आफ्नी आमाको फोनको लाउडस्पिकरमा सुनिनेगरी पत्रकारहरूसँग भने ।