काठमाडौं, नेपाल प्रहरीको महानिरिक्षकलाई आएको निम्तोमा यूएईमा भइरहेको विश्व प्रहरी सम्मेलनमा गृहमन्त्री सुधन गुरुङ लाजै नमानी सहभागी हुन पुगेका छन् । उनी शुक्रबार दुई जना प्रहरी लिएर यूएई पुगेका हुन् ।
उनलाई विमानस्थलमा नेपाली दूतावास तथा नेपाली महावाणिज्य दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए । उक्त विश्व प्रहरी शिखर सम्मेलनमा आईजीपी डा. मनोज केसीले सहभागिता जनाउने तयारी भइरहेको बेला आईजीपी केसीलाई रोकेर गृहमन्त्री गुरुङ आफैँ सहभागी हुन पुगेका हुन् ।
सम्बद्ध स्रोतका अनुसार आईजीपी केसीको यूएई जाने भिसा प्लेन टिकटलगायतको सबै व्यवस्था भइसकेको अवस्थामा दुई जना प्रहरीको खर्च नेपाल प्रहरीले नै व्यहोर्ने निर्णय गराएर उनीहरूलई लिएर गृहमन्त्री गुरुङ विश्व प्रहरी सम्मेलनमा भाग लिन पुगेका हुन् ।