काठमाडौं, रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–६ स्थित दिम्मुरगैरा नजिक बहेली डाँडा जंगलबाट भरूवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यसैगरी रूकुम पूर्व, सिस्ने गाउँपालिका–५ जनशक्ति सामुदायिक जंगलबाट भरूवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी बिट रूमालबाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
बाजुराको बुढीगंगा नगरपालिका–९ जुवापानीस्थित पाले सामुदायिक वनबाट भरूवा बन्दुक १ थान शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोस्ट रिठाबजारबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।