काठमाडौं, दशैंको लामो बिदापछि आज पहिलो दिन खुलेको शेयर बजार पहिलो कारोबार दिन नैं खुम्चिएको छ । कारोबार खुलेको सुरुवाती समयमा सामान्य अंकले उकालो लागेको शेयर बजार परिसुचक नेप्से अन्तिम समयसम्म आईपुग्दा चार दशमलव ३४ अंकले ओरालो लागेर २६ सय २९ दशमलव ८२ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १७ अंकले ओरालो लागेर चार सय ७५ दशमलव ७७ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ४१ वटा कम्पनीहरुको ३८ हजार सात सय ८८ पटकको कारोबारमा एक करोड तीन लाख ४३ हजार सात सय नौं कित्ता शेयर खरिद बिक्री भएकाछन् । जसबाट कुल कारोबार रकम चार अर्ब२४ लाख २१ हजार एक सय ६८ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य उपसमुहको सुचक खुम्चिएका छन् ।