काठमाडौं, महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/०८३ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ७.४८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसमा तीन दशमलव ७० प्रतिशत बोनस सेयर र तीन दशमलव ७८ प्रतिशत नगद लाभांश रहेको छ । बैंकको २०८३ असार मसान्तसम्म कायम चुक्ता पुँजी चार अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसाका आधारमा लाभांश वितरण गर्ने निर्णय भएको हो । प्रस्तावित बोनस सेयरको रकम १६ करोड ६९ लाख १७ हजार तीन सय ९९ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, १७ करोड पाँच लाख २६ हजार चार सय २४ रुपैयाँ २९ पैसा नगद लाभांश वितरण गरिने प्रस्ताव गरिएको छ । नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि आवश्यक रकम समेत समावेश गरिएको बैंकले जनाएको छ ।
यसअनुसार बैंकले कुल ३३ करोड ७४ लाख ४३ हजार आठ सय २३ रुपैयाँ ७३ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको २५ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।