काठमाडौं, सामसङ नेपालले नेपाली बजारमा ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो फोन वान यूएआई ९ सहित आउने ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन हो ।
ग्यालेक्सी एस२६ एफईले ग्राहकहरुलाई नयाँ प्रिमियम ग्यालेक्सी अनुभव गराउने कम्पनीको दाबी छ । उच्च क्यामेरा र अझ बढी इन्टेलिजेन्ट ग्यालेक्सी एआईका साथ यसले दैनिक फोटो खिच्ने, क्रिएट गर्ने र कनेक्ट गर्ने अनुभवलाई अझ राम्रो बनाउनेछ । पातलो र हल्का डिजाइनमा ग्राहकले सबैभन्दा धेरै चाहने सुविधाहरूलाई ध्यानमा राख्दै तयार गरिएको ग्यालेक्सी एस२६ एफईले ग्यालेक्सी एस सिरिजको विशेष अनुभवलाई निरन्तरता दिएको कम्पनीको भनाइ छ । ग्यालेक्सी एस२६ एफईले फोटो खिच्नेदेखि एडिट गर्नेसम्म अझ राम्रो क्यामेरा अनुभव प्रदान गर्नेछ । यसको सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिंगले स्थिर तस्बिरदेखि छिटो दृश्यसम्म महत्वपूर्ण क्षणहरूलाई स्पष्ट रूपमा खिच्न र सजिलै एडिट गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।
नयाँ ग्यालेक्सी फोल्डेबलहरुमा प्रस्तुत गरिएको माई फ्यानक्याम अब ग्यालेक्सी एस२६ एफईमा पनि उपलब्ध छ । भिडियो खिच्दा हराइजन्टल लकसहितको सुपर स्टिडीले छिटो चलिरहेका गतिविधिहरूको भिडियोलाई अझ स्थिर र सीधा खिच्न मद्दत गर्छ । ग्यालेक्सी एस२६ एफईमा ३एक्स अप्टिकल जुम पनि उपलब्ध रहेको छ ।
ग्यालेक्सी एस सिरिजको विशेष सुविधा नाइटोग्राफीले अँध्यारोमा पनि उज्यालो र स्पष्ट फोटो खिच्न मद्दत गर्ने कम्पनीले जनाएको छ । नयाँ वान यूएआई ९ का साथ ग्यालेक्सी एस२६ एफईमा दैनिक कामलाई अझ सजिलो बनाउने विभिन्न इनट्युटिभ र कन्टेक्स्ट अवेर ग्यालेक्सी एआई सुविधा रहेका छन् ।
ग्यालेक्सी एस२६ एफई ८/२५६ जीबी तीन रंग पिस्ताचियो, ग्राफाइट र ब्लुबेरीमा उपलब्ध छन् । यसको मूल्य १ लाख १९ हजार ९९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यसमा १२ र २४ महिनाको किस्ता खरिद सुविधा पनि छ । १२ महिनाको सुविधा लिँदा ६ हजार र २४ महिनाको लिँदा ३ हजार २५६ रुपैयाँ तिर्नुपर्छ । साथै कम्पनीले ग्राहकलाई ८ हजार रुपैयाँसम्मको थप एक्सचेन्ज बोनस पनि उपलब्ध गराउने जनाएको छ । गुगल एआई प्रो सब्सक्रिप्सन सुविधाअनुसार ग्राहकहरूले १८ हजार ३५१ मूल्यको ६ महिना गुगल एआई प्रो सब्सक्रिप्सन निःशुल्क पाउनेछन् ।