काठमाडौं, शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन ११ दशमलव ९६ अंकले उकालो लागेको नेप्से परिसुचक साताको तेस्रो कारोबार दिन आज बुधबार छ दशमलव ३८ अंकले ओरालो लागेर २५ सय ७२ दशमलव ३४ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ६३ अंकले ओरालो लागेर चार सय ६१ दशमलव २२ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय ५९ वटा कम्पनीहरुको ३९ हजार चार सय ६६ पटकको कारोबारमा एक करोड तीन लाख छ सय ८८ कित्ता शेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीको आधारमा कुल कारोबार रकम तीन अर्ब ७४ करोड ८० लाख ८० हजार तीन सय तीन रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक उपसमुहको सुचक झिनो अंकले उकालो लागेको छ भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।