काठमाडौं, शेयर बजारको ओरालो यात्राले साताको दोस्रो कारोबार दिन पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १६ दशमलव ४७ अंकले ओरालो लागेको शेयर बजार परिसुचक नेप्से आज मंगलबार पुन नौं दशमलव ६२ अंकले ओरालो लागेर २६ सय तीन दशमलव ७१ बिन्दुमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य एक अंकले ओरालो लागेर चार सय ६६ दशमलव ६५ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा यसदिन तीन सय ६३ वटा कम्पनीहरुको ५१ हजार दुई सय ७४ पटकको कारोबारमा एक करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम चार अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा र अन्य उपसमुहको सुचक उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक खुम्चिएका छन् ।